एजेन्सी । के तपाईलाई महिला मात्रै भएको वस्तीका बारेमा थाहा छ । केन्यामा एउटा त्यस्तो भूभाग छ जहाँ महिलामात्रै बस्छन् । उमोजा नामक यस भूभागमा शरणार्थी महिलामात्रै बस्छ । २५ वर्षअघि रेबिका लोलोसोलीले बनाएको यस क्षेत्रमा पूरुषबाट हुने हिंसा नियन्त्रण गर्नका लागि पूरुषलाई प्रवेश दिइदैँन । उत्तरी केन्यामा बस्ने साम्बुरु जातिका व्यक्तिहरुले महिलामाथि हिंसा गरेका कारण त्यस्ता हिंसाबाट बच्नका लागि सुरक्षित स्वर्गका रुपमा यसको निमार्ण गरिएको थियो ।
रेबिका आफैँ साम्बुरु समूदायकी हुन् । उनी अहिले उमोजा यूसाउ महिला गाउँको प्रमुख छिन् । बाल्यकालमा महिलामाथि हुने हिंसाको प्रत्यक्षदर्शी बनेकी रेबिका बिस्तारै साम्बुरु समूदायमा परम्परागत रुपमै महिलामाथि हिंसा हुने निष्र्कषमा पुगिन् । त्यसपछि उनले यस्ता हिंसाको विरोधसँगै विधवा, अनाथ र बलात्कारको शिकार भएका महिलाको पक्षमा बोल्न थालिन् । उनले जर्बजस्ती विवाह गरिएका महिलाको पक्षमा पनि आवाज उठाएकी थिइन् ।
विद्रोही स्वभावकी रेविका त्यतिबेला आजित भइन् जतिबेला उनले बेलायती सैनिकले बलात्कार गरेका महिलाको पक्षमा आवाज उठाउँदा समाजले साथ दिएन । उनलाई गाउँकै एक मानिसले नराम्ररी कुटे । तर श्रीमतीले कुटाई भेटिरहदाँ पनि रेबिकाका श्रीमान्ले विरोध गर्न सकेनन् । त्यसपछि वाक्क भएकी रेविकाले सन् १९९० मा महिलामात्रै बस्ने एक गाउँ बनाइन् ।
सत्या म्यागेजिनलाई अन्तरवार्ता दिदैँ रेविकाले भनेकी छिन्–‘५० वर्षभन्दा बढी समय बेलायती सैनिकहरुले हाम्रो भूमिमा अभ्यास गरे । उनीहरु रुखको हाँगा समेत बोकेर हरियो पहिरन लगाउँथे । दाउरा बोक्न आउने महिलाहरुलाई उनीहरुले जंगलमा बलात्कार गरे । उनीहरुका लागि महिला खेलौना थिए ।’
रेविकाका अनुसार पूरुषहरुले त्यस्ता महिलालाई बच्चाको जिम्मा लगाएर छाडिदिन्थे । त्यसपछि धेरै महिलाहरुले पैसा कमाउनका लागि जाँड बनाउन थाले । यस्तो काम अवैधानिक भएका कारण उनीहरु पक्राउ पर्दथे र आफ्नो छोराछोरीलाई त्यसै छाडेर जेल चलान हुन्थे । उनी भन्छिन्, ‘मेरो श्रीमान् खराब थिएनन । म १८ वर्षको छदाँ मेरो विहे भयो र विहेमा दाईजो स्वरुप १७ वटा गाई ल्याएको थिएँ । तर मेरो गाउँका चार मानिसहरुलाई मैलेँ व्यापार गरेको ईष्र्या भयो र उनीहरुले मलाई कुटेर मेरो पैसा लिन थाले ।
त्यसपछि मैलेँ बलात्कारका पिडितहरुलाई सहयोग गर्ने सम्बन्धमा छलफल सुरु गरेँ । त्यसपछि मेरो श्रीमान्ले व्यापार छाडे र मलाई नराम्रोसँग पिटे । मैलेँ अस्पताल छाडेपछि मेरा बाबुआमाले श्रीमान्सँगै फर्कन आग्रह गरेका थिए । तर मैलेँ मेरो हत्या हुनसक्छ भन्ने लागेर छाडे ।’यस घटनापछि रेविकाले १६ जना अन्य पिडितहरुसँग मिलेर सामूहिक रक्षार्थ एउटा क्याम्प बनाइन् । त्यसै क्याम्पलाई स्थानिय भाषामा उमोजा अर्थात एकता नाम दिइयो ।
अहिले यो बस्ती आत्मनिर्भर भइसकेको छ । महिलाहरु अहिले विभिन्न गहना र अन्य हस्तकलामा सामान बनाउँछन् । आफ्ना छोराछोरीको आवश्यकता पुरा गर्छन् र अहिले यो बस्ती पर्यटकको समेत आर्कषणमा पर्ने गरेको छ । उनीहरुले विमारी तथा भैपरी आउने समस्याका लागि एउटा छुट्टै कोष, सामूदायिक केन्द्र तथा विद्यालयको समेत स्थापना गरिसकेका छन् । यो क्षेत्र समथर भएपनि निकै सुख्खा छ । त्यसैले महिलाहरुले जनावरप्रति आश्रित हुन कम गर्दै लगेका छन् । उनीहरुले कुखुरा पालेका छन् जसले आम्दानी पनि दिन्छ र खानामा प्रोटिन पनि ।
पूरुषहरलाई यस क्षेत्रमा बस्न प्रतिबन्ध छ । तर महिलासँग गर्ने व्यवहार र उनीहरुको आचरण हेरेर केही समय उनीहरु घुम्नका लागि आउन पाउँछन् । रेविकाका अनुसार यहाँ घरबाट भागेका तथा गर्भधारण गरेपछि परिवारले लत्याएका र जर्बजस्ती विवाह गरिएका महिलाहरुलाई उद्धार गरेर ल्याइन्छ ।
No comments:
Post a Comment