watch first and then search

watch first and then search

Friday, October 21, 2016

बीरगञ्ज भन्सार कार्यालय लक्ष्य भन्दा बढी असुल गर्दै



मुख्य नाकाको रुपमा रहेको वीरगञ्ज भन्सार कार्यालयले चालू वर्षको पहिलो त्रैमासिकमा २७ अर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ । भन्सारको यो सङ्कलन लक्ष्यको तुलनामा ५ प्रतिशत बढी हो ।


वीरगञ्ज भन्सार कार्यालयका अधिकृत मोहनराज भट्टका अनुसार चालू वर्ष २०७३र७४ को साउनदेखि असोजसम्ममा २७ अर्ब १७ करोड ५६ लाख २८ हजार रुपैयाँ राजस्व असुली भएको छ । ३ महिनाका लागि भन्सार कार्यालयलाई २५ अर्ब २९ करोड ९५ लाख ४८ हजार रुपैयाँको लक्ष्य तोकिएको थियो ।
सङ्कलित रकम अघिल्लो वर्षको समीक्षा अवधिको तुलनामा १२ अर्ब ६९ करोड ५८ लाख ८० हजार रुपैयाँले बढी हो । अघिल्लो आर्थिक वर्षमा साउन अन्त्यदेखि शुरू भएको वीरगञ्ज केन्द्रित तराई÷मधेश आन्दोलनका कारण राजस्व सङ्कलन अवरुद्ध भएको थियो । त्यसबेला भन्सारको राजस्व १४ अर्ब ४७ करोड ९७ लाख ४८ हजार रुपैयाँमा सीमित थियो । यो रकम लक्ष्यको करीब ६६ प्रतिशत मात्र हो । चालू आवको पहिलो ३ महिनामा सङ्कलित राजस्व मध्ये भन्सार महशुलतर्फ १० अर्ब ११ करोड ७० लाख ४८ हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर ९ अर्ब ६५ करोड १० लाख ४१ हजार रुपैयाँ र अन्तःशुल्क शीर्षकमा ५ अर्ब ९४ करोड ९० लाख ८८ हजार रुपैयाँ रहेको भन्सार कार्यालयले जनाएको छ । भन्सारले १ अर्ब १ करोड २६ लाख रुपैयाँ पूर्वाधार कर उठाएको छ । अन्य शीर्षकको राजस्व ४४ करोड रुपैयाँ रहेको छ ।
भन्सार कार्यालयले चालू आवमा अन्तःशुल्कमा उल्लेख्य असुली गरेको छ । तीन महिने अवधिमा लक्ष्यको तुलनामा ६५ प्रतिशत बढी अन्तःशुल्क असुल भएको र गाडीको आयात बढेकाले अन्तःशुल्क पनि बढी असुली भएको भन्सार प्रमुख सेवन्तक पोखरेलले जानकारी दिनुभयो । असोज महिनाको सङ्कलनमा ४० प्रतिशत राजस्व गाडीको आयातबाट मात्रै उठेको छ । असोज महिनामा लक्ष्यको तुलनामा ९० प्रतिशत बढी अन्तःशुल्क असुली भएको छ । १ महिनाका लागि १ अर्ब २४ करोड ७८ लाख रुपैयाँको अन्तःशुल्कको लक्ष्यमा २ अर्ब ३७ करोड ९४ लाख सङ्कलन भएको भन्सारले जानकारी दिएको छ ।

No comments:

Post a Comment

watch first and then search