याङ्गुन, १ कात्तिक । मध्य म्यानमारमा भएको एक डुङ्गा दुर्घटनामा १४ व्यक्तिको मृत्यु हुनको साथै दर्जनौ बेपत्ता भएका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् ।
सो डुङ्गामा २४० देखि २५० जनासम्म सवार रहेको अनुमान गरिएको छ । सो डुङ्गामा प्रायः विश्वविद्यालयका ७० देखि ८० जना विद्यार्थी करिब ३० जना शिक्षक केही चिकित्सकलयलगात र अन्य १०० भन्दा बढिबीच बाटोमा चढेका व्यक्ति रहेको जनाइएको छ ।
सो दुर्घटनाबाट बाँच्न सफल भएका २७ वर्षीय एक विद्यायलका शिक्षिकाले बौद्धधर्मावलम्बी मनाउने पर्वको आफ्–आफ्ना एक वर्षीय छोरा र श्रीमान्सँग पारवारिक यात्रा गरिरहेको बताएकी छिन् ।
दुर्घटनाको क्रममा आफ्ना छोराको मृत्यु भएको श्रीमान्को अवस्था अज्ञात रहेको पनि उनले जानकारी दिएकी छिन् ।
म्यानमारमा डुङ्गा यात्रामा सुरक्षाको कमी र क्षमता भन्दा बढी यात्रु डुङ्गामा सवार हुनुनै बारम्बार दुर्घटना हुृने गरेको अधिकारीको अनुमान रहेको छ । दुर्घटनापछि सो डुङ्गामा कार्यरत चारजना कर्मचारी कानुनी प्रक्रिया पूरा नगरेका आरोपमा पक्राउ परेका छन् ।
No comments:
Post a Comment