अदुवामा हुने दुखाइ कम गर्ने तत्वहरुले यस्तो पीडा रोक्न सक्छ । अदुवाको रस लगाएर नहाउँदा मांशपेशी र जोर्नीको पीडा घट्छ । दैनिक दुई ग्राम अदुवाको धुलो ११ दिनसम्म खाँदा माशंपेशीको दुःखाई कम गर्ने विभिन्न अध्ययनहरुले देखाएका छन् । अदुवाको तेल लगाएर नुहाँउदा तत्कालै प्रभाव नपरे पनि बिस्तारै निको हुँदै जाने चिकित्सकहरुको विश्वास छ । अदुवाले शरिरमा चिनिको मात्रा र मुटुको रोगको खतराबाट पनि जोगाउँछ । अदुवाले शरिरमा सुगरको मात्रा घटाउने विषय नयाँ भए पनि यसमा चिनिप्रतिरोधी तत्वहरु हुन्छ । यसै वर्ष गरिएको एक अध्ययनमा दैनिक दुई ग्राम अदुवाको धुलो सेवन गर्नेको शरिरमा सुगरको मात्रा १२ प्रतिशतले घटेको थियो । महिलालाई महिनाबारी हुँदा पेट दुःख्ने समस्याबाट मुक्ति पाउन पनि अदुवाले औषधीको काम गर्छ । रजस्वला हुँदाको पहिलो तीन दिन पेट दुःखाईको पिडाबाट बच्न हरेक दिन १ ग्राम अदुवाको धुलो सेवन गर्दा पेट दुख्ने समस्या हट्छ ।
अदुवामा क्यान्सरबाट जोगाउने महत्वपूर्ण पदार्थ रहेको हुन्छ । अदुवालाई प्रशोधन गरी बनाएको पदार्थ विभिन्न प्रकारका क्यान्सरको उपचारका लागि उपयोगि हुने यसअघिको अध्ययनले पुष्टि गरिसकेको छ । तपाईन्लाई भोक लागेको छैन ? यदि तपाईलाई खानामा रुची छैन भने दैनिक एक गिलास ताजा अदुवाको जुस खाली पेटमा खानुहोस्, तपाईँको भोक नलाग्ने समस्या हट्छ । यसले पाचन प्रणालीलाई बलियो बनाउँछ । अदुवाले हामीले खाएको खानाबाट प्राप्त हुने आधारभूत पोषणलाई शरिरमा सोस्न सहयोग पु¥याउछ ।यसले शरिरका स¥साना रक्त प्रबाह नलिलाई खुलाइदिन्छ ।
उकुसमुकुस वा वाकवाकी भइरहन्छ ? अदुवा चपाउनुहोस । विशेषगरी महमा मिसाएर अदुवा चपाउँदा वान्ता आउने समस्या समाधान गर्छ ।
पेट डुम्म र उकुसमुकुस वा फुलेको अनुभव भइरहेको छ ? तत्कालै आधा चम्चा अदुवाको धुलो मन तातो पानीमा राखेर खानुहोस् । बारम्बार पेट दुख्छ भने अदुवा चपाउदा फाइदा गर्छ । यदि तपाईको भर्खरै शल्यक्रिया भएको छ भने खोकी र वाकवाकीबाट बच्ने अचुक औषधी अदुवा हुन सक्छ । घाँटी दुख्ने र नाक सकसक भएर श्वास रोकिएमा अदुवा चिया खानुहोस् ।बारम्बार खोकी, रुघा, वा चिसोबाट बच्ने एक मात्र उपयोगी बस्तु हो अदुवा ।
No comments:
Post a Comment