जनकपुरधाम, ३० असोज । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले छठ पर्वभित्र व्यवस्थापिका–संसद्मा संविधान संशोधन प्रस्ताव दर्ता नगरिए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएका छन् ।आज यहाँ आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा उनले संशोधन प्रस्ताव दर्ताका लागि छठसम्म प्रतीक्षा गर्ने बताए । अध्यक्ष महतोले सरकारले छठअघि संशोधन प्रस्ताव दर्ता नगरे पुनः आन्दोलनका लागि तयार रहन कार्यकर्तालार्ई निर्देशन समेत दिए ।
सद्भावना पार्टी र तराई–मधेस लोकतान्त्रिक पार्टीबीच एकताका लागि गृहकार्य भइरहे पनि ठोस वार्ता नभएको जानकारी दिदै उनले भने – मधेसवादी दलबीचको एकता नै मधेसी जनताको आकाङ्क्षा रहेकाले अहिले एकताको खाँचो छ ।
No comments:
Post a Comment