अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त दीप वस्न्यातले आयोगका आयुक्त तथा सम्पूर्ण कर्मचारीहरुलाई निष्ठापूर्वक कार्यसम्पदान गर्न निर्देशन दिनुभएको छ ।
आइतबार आयोगको कार्यालयमा कार्यबाहक प्रमुख वस्न्यातले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा महाभियोग प्रस्ताव दर्ता भएको स्थितिमा आयोगको मर्यादा र कर्तव्यलाई ख्याल गरेर इमानदारीपूर्वक काम गर्न निर्देशन दिनु भएको हो । अख्तियारका प्रवक्ता गणेशराज कार्कीले जारी गर्नु भएको विज्ञप्तिमा कार्कीविरुद्ध संसदमा महाभियोगको प्रस्ताव दर्ता हुनु दुःखद भएको र संसदले गर्ने निर्णयलाई आयोगले स्वीकारेर अघि बढ्ने उल्लेख छ ।
विज्ञप्तिका अनुसार कार्यबाहक प्रमुख वस्न्यातले अख्तियार दरुपयोग अनुसन्धान आयोग कहिल्यै जनअपेक्षाविपरित अघि नबढ्ने वताउँनु भएको छ । कार्यक्रममा आयोगका सचिव राजेन्द्र किशोर क्षेत्रीले प्रमुख आयुक्त निर्देशनअनुसार नै आफूहरु अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
No comments:
Post a Comment