watch first and then search

watch first and then search

Sunday, October 23, 2016

रक पप शैलीको आध्यात्मिक भजनमा पोखरा मन्त्रमुग्ध

नौलो प्रस्तुतिका साथ देशभर सांगीतिक कार्यक्रम गर्दै अघि बढेको सत्यकृत फाउण्डेशनले पोखराको लेकसाइडमा शनिवार दर्शकहरुलाई छुटै सांगीतिक प्रस्तुति दिएको छ । उनीहरुले परम्परागत शैलीलाई परिवर्तन गर्दै युवाहरुलाई लक्षित गरी आधुनिक रक र पप शैलीमा प्रस्तुत गर्दा दर्शकहरु नौलो मानेर मनोरञ्जन बटुलेका थिए ।
सदगुरु श्री हजुरको प्रेरणाले सत्यकृत फाउण्डेशन अन्तर्गतको फुयजन रक भजन व्याण्डका सदस्यद्धारा परम्पारगत भजनहरुलाई नयाँ शैलीमा प्रस्तुत गरेका थिए । साँझ ५ बजे देखि करिव ३ घण्टा पोखराको हल्लनचोकको खुला सडकमा फाउण्डेशनले रक , लोक रक , स्लो रक ,फुयजन तथा टिपिकल भजनहरु प्रस्तुत गरिएको थियो ।
भजन प्रति युवा पुस्ताको आकर्षण बढाउन तथा भजन मार्फत मानिसलाई शान्तिको मार्गमा हिडन प्रेरित गर्न रक भजन कन्सर्टको आयोजना गरिएको आयोजकहरुले बताएका थिए । निशुल्क प्रवेशको व्यवस्था गरिएकाले स्वदेशी तथा विदेशी दर्शकहरु खुलेर भजनमा झुमेको हेर्न र देख्न पाइन्थ्यो । सधै भजन भने पछि उमेर नाघेका र बुढा मानिसहरुको मात्र उपस्थिति पाइने परम्परालाई तोडदै कन्सर्टमा युवाहरुको बाक्लो उपस्थिति पाउँदा मानिसहरु नौलो मान्दै प्रस्तुति हेरेका थिए । पोखरामा सधै जसो सांगीतिक कार्यक्रम हुने गरेपनि फरक प्रस्तुति भएकाले पनि दर्शकहरु सुरुदेखि अन्त्य सम्मनै रमाइलो मानेर झुमेका थिए ।
कार्यक्रम अवधि भर व्याण्डले लोक , रक , पप शैलीका गीत परम्परागत र आधुनिक दुवै बाद्यवादन मार्फत प्रस्तुत गरेका थिए । कार्यक्रमलाई भव्य र आकर्षक बनाउन स्थानीय आयोजकका रुपमा पोखरा पिज्जा हाउस, टि टाइम रेष्टुरेण्ट र टिम फाइभ प्याराग्लाइडिङ रहेका थिए । व्याण्डले यस अघि धरान ,पाल्पा ,काठमान्डौ लगाएतका ठाउँहरुमा यस्तै कन्सर्टको आयोजना गरिसको छ । कार्यक्रमको प्रत्यक्ष प्रसारण न्यूज २४ टेलिभिजनले गरेको थियो ।

No comments:

Post a Comment

watch first and then search