३६ औं नेपाल भाषा साहित्यको बृहत् सम्मेलन त मुंज्या भक्तपुरमा सुरु भएको छ । नेपाल भाषाको साहित्य, कला र संस्कृतिको उत्थान गर्ने उद्दश्यले आयोजित सम्मेलनम १९ जना कवि कवियत्रिहरुले आ आफनो कविता कथा गजन वाचन गरेका थिए ।
सम्मेलनमा सहभागी भाषाबिदहरुले मातृभाषाको संरक्षण र विकासका लागि सवै सजक हुनु पर्ने जोड दिएका छन् । सो अवसरमा नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले लोप हुन लागेको मातृभाषालाई विकास गरी साहित्यको माध्यममा भाषिक आन्दोलन गर्न यस प्रकारको सम्मेलन आवश्यक रहेको वताउनुभयो । त्यसै गरि भक्तपुरमा ५५ औं विराट नेपाल भाषा साहित्य सम्मेलन पनि सुरु भएको छ ।
No comments:
Post a Comment