इलाम जिल्लाको दक्षिणी क्षेत्रमा रहेको माइखोलामा डुङ्गा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । अन्दाजी ५ जना हराइरहेका छन । खोजी गर्ने क्रममा ५ जनाको सव फेला परेको हो । अहिले सम्म एक जना महमाई १ का ७० वर्षिय जयवहादुर राई रहको छन भने एक वलक सहित चार जनाको सनाखत हुन छैन ।
Boat Accident at Ilam
दशैंको टिका तथा शुक्रबारे बजार भरेर खोला तर्दै गर्दा डुङ्गा दुर्घटना भएको प्रहरीले जनाएको छ । डुङ्गामा कति संख्यामा यात्रु सवार थिए भन्ने यकिन विवरण प्राप्त भएको छैन । नाउँमा १०÷१२ को संख्यामा बालबालिका समेत रहेका थिए । हराइरहेका यात्रुहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी लोदिया, प्रहरी चौकी महमाई, शसस्त्र प्रहरी क्याम्प दानाबारी र स्थानीयको सक्रियतामा हराइरहेको यात्रु खोजीमा लागि रहेका छन । महमाई क्षेत्रमा उद्धार गरिएका ५ जना यात्रुहरुलाई खोला बिचमा बनेको टापुमा निकालेर राखिएको चन्द्र तामाङले जानकारी दिए । पौडिएर बाँच्न सफल दानाबारीका हेमबहादुर सिँजाली भन्छन झन्डै ६० जनाको संख्यामा यात्रु थिए नाउँ खोला बिचमा पुगेपछि एकासी व्यालेन्स गुमाएर पल्टियो धन्न पौडिँदा पौडिदै स्थानीयले बचाए । यात्रुको अत्याधिक चापका कारण डुङ्गा पल्टिएको प्रहरीले जनाएको छ । हालसम्म दानाबारी क्षेत्रपट्टी २६ जनालाई उद्धार गरिएको प्रहरी चौकी लोदियाका सइ प्रसादकुमार कार्कीले बताए । हराइरहेको संख्या अझै बढन सक्ने प्रहरीले जनाएको छ ।
No comments:
Post a Comment