watch first and then search

watch first and then search

Friday, October 21, 2016

महाअभियोग बारे नयाँ शक्तिले मुख खोल्यो : लोकमानको नियुक्ती प्रक्रियामै त्रुटी






काठमाडौं, ५ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीको नियुक्ती प्रक्रियामै क्रुटी रहेको नयाँ शक्ति नेपालले बताएको छ ।

नयाँ शक्ति नेपालले शुक्रबार विज्ञप्ती निकाल्दै लोकमानको नियुक्ती प्रक्रियामै क्रुटी रहेको औंल्याएको छ । संसदीय समितिले बोलाउँदा नजाने, न्यायपालिकाको काममा समेत अवरोध खडा गर्ने जस्ता गतिविधिले गर्दा सुशासन र पारदर्शीता कायम गर्न र भ्रष्टाचार नियन्त्रण गर्न गठन भएको संवैधानिक आयोगको नेतृत्वमा भएको व्यक्ति गलत भएको पुष्टी गरेको विज्ञप्तीमा उल्लेख छ । यस्ता गलत आचरण भएको व्यक्ति नियुक्ती भएकाले नियुक्ती प्रत्रियामै त्रुटी रहेको नयाँ शक्तिले उल्लेख गरेको छ । त्यस्तै संवैधानिक अंगमा वहाल रहेका कुनै पनि अधिकारीले आफ्नो पदीय आचरणविरुद्ध काम गरेको खण्डमा महाभियोग लगाउन र त्यसको छिनोफानो गर्न संसद् सक्षम भएकाले महाअभियोग पारित हुने संकेत पनि नयाँ शक्तिले गरेको छ ।

देश भ्रष्टाचारको दलदलमा फसिरहेको भन्दै भ्रष्टाचार निवारणका लागि निस्स्वार्थ र निर्भिकताका साथ काम गर्नुपर्ने अख्तियार दुरुपयोग अनुसन्धान आयोग र त्यसका प्रमुख नै बिबादमा तानिनु सवैभन्दा दुःख लाग्दो विषय भएको पनि नयाँ शक्तिले जनाएको छ ।

No comments:

Post a Comment

watch first and then search