watch first and then search

watch first and then search

Monday, October 24, 2016

अस्थायी शिक्षकद्धारा तिहार र छठमापनि आन्दोलन गर्ने चेतावनी

अस्थायी शिक्षक आन्दोलन केन्द्रीय समितिले वर्तमान शिक्षा ऐन २०७३ को विरोध गर्दै उक्त ऐनमा आफूहरुले भनेबमोजिम बुँदाहरु संशोधन नगरे तिहार र छठमापनि आन्दोलन जारी राख्ने चेतावनी दिएको छ । सोमबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै समितिले पाँच बुँदे मागसहित आन्दोलन गर्दा समेत सरकारले अहिलेसम्म नसुनेको भन्दै आफूहरु तिहार र छठमा पनि आन्दोलन जारी राख्ने तयारीमा रहेको चेतावनी दिएको हो । कार्यक्रममा समितिका केन्द्रीय अध्यक्ष निरेन्द्र कुँवरले आफूहरुले यसअघि पनि विभिन्न आन्दोलन तथा संघर्षका कार्यक्रमहरु गरिसकेकोले यसपटक राज्यले आफ्ना मागहरु सम्बोधन नगरे कडा रुपमा प्रस्तुत हुने र देशव्यापी शैक्षिक संस्थामा पठनपाठन ठप्प पार्ने चेतावनी दिए ।
कार्यक्रममा नेकपा एमालेका सांसद प्रकाश ज्वालाले राज्यले अस्थायी शिक्षकहरुको माग पूरा गर्नको लागि नयाँ शिक्षा ऐन संशोधन गर्नुपर्ने बताएका छन् । ज्वालाले भने,‘अस्थायी शिक्षक आवश्यक भएकोले नै राज्यले राखेको हो नि, नभए किन राख्थ्यो र ?’ उनले अस्थायी शिक्षकको जिन्दगी बेवारिसे बनाउने काम ठिक नभएको भन्दै आफ्नो पार्टी अस्थायी शिक्षकको मागमा एक्यबद्ध रहेको जनाए । उनले अस्थायी शिक्षकहरुको माग पूरा गराउनको नवौ संशोधन चाँडो भन्दा चाँडो आउनुपर्ने समेत बताए । उनले आन्दोलनबाट राजतन्त्र फालिएको भन्दै अस्थायी शिक्षको माग पूरा गराउनको लागि आन्दोलनबाट एउटा दुईवटा दफा फाल्न त्यति गाह«ो काम नभएको समेत ठोकुवा गरे ।
त्यस्तै कार्यक्रममा नेपाली काँग्रेसका नेता तथा सांसद भीमसेनदास प्रधानले माग पूरा गराउनको लागि अस्थायी शिक्षकहरुलाई आमरण अनशन गर्न सुझाव दिएका छन् । प्रधानले थपे,‘यो देशमा आमरण अनशन नबसिकन राज्यले सुन्दैन, त्यसैले तपाईहरु पनि आमरण अनशनमा बस्नुहोस् ।’ उनले अस्थायी शिक्षकहरुको माग पूरा गर्नको लागि आफ्नो पार्टी गम्भिर भएको भन्दै संसदमा यो विषयमा कुरा उठाउने समेत प्रतिबद्धता व्यक्त गरे । त्यस्तै शिक्षा मन्त्रालयका प्रवक्ता डा. हरि लम्सालले अस्थायी शिक्षकहरुको माग पूरा गराउनको लागि सरकार जिम्मेवार रहेको उल्लेख गर्दै वार्ता तथा सहमतिबाटै निकास खोज्नुपर्ने बताए ।
उता समितिले शिक्षा ऐन २०७२ अनुसार ०७२ असोज २ गतेसम्मका सम्पूर्ण अस्थायी शिक्ष्कलाई स्थायी प्रक्रियामा लैजानुपर्ने, उमेरहदका कारण अवकाशमा परेका स्थायीको प्रक्रियामा पर्न नसकेका शिक्षकलाई औषधि उपचार र उपदानको सुविधान दिनुपर्ने, द्धन्द्धपीडित तथा विस्थापित शिक्षकलाई निश्काशित सेवा अवधि गणना हुने गी पूनर्वहाली तथा स्थायी गर्नुपर्ने लगायतका ५ बुँदे मागहरु अघि सारेको छ ।

No comments:

Post a Comment

watch first and then search