परराष्ट्र मन्त्री प्रकाशशरण महतले असोज ३० गतेदेखि भारतको गोवामा हुने व्रिक्स विमस्टेक आउटरिच सम्मेलनले सदस्य राष्टहरुबीच सम्पर्क र सञ्जाल विस्तार गरी व्यापारमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सम्मेलन कृषि, उर्जा, र व्यापारका विषयमा बढि केन्द्रित हुने भएकाले नेपालको अर्थजगतमा सहयोग पुग्ने बताउनुभयो ।
शुक्रबार परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री प्रकाशशरण महतले कृषि,उर्जा, व्यापार, प्रविधि, पर्यटन, एवं गरीवि निवारण जस्ता क्षेत्रहरुमा सहयोग विस्तार गर्ने एवं जनस्तरको सम्बन्ध प्रगाढ गर्ने सम्बन्धमा छलफल हुने बताउनुभयो । उहाँले बैठकले क्षेत्रीय सहयोग प्रवद्र्धनका लागि एक महत्वपूर्ण सहयोग पुग्ने स्पष्ट पार्नुभयो ।
मन्त्री महतले बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले विमस्टेक सदस्य राष्ट्रका राष्ट्र तथा सरकार प्रमुखसँग द्विपक्षिय भेटवार्ता गर्नुहुने जानकारी पनि दिनुभयो ।
No comments:
Post a Comment