watch first and then search

watch first and then search

Friday, October 14, 2016

निरु चौहानले ‘निरु घरेलु ढाका उद्योग’ सञ्चालनमा ल्याएपछि थुप्रै उद्यमशील महिलाले काम पाए



पथरी ९मोरङ०, २८ असोज । मोरङको उर्लाबारी–४ की निरु चौहानले ‘निरु घरेलु ढाका उद्योग’ सञ्चालनमा ल्याएपछि थुप्रै उद्यमशील महिलाले काम पाएका छन् ।


गत मङ्सिरमा उद्योग दर्ता गर्नुभएका चौहानले हाल पाँचवटा तानबाट ढाका उत्पादन गरिरहनुभएको छ । पाँचवटा तानमा दैनिक पाँचजना महिलाले काम गर्छन् ।त्यसैगरी, निरुले आफ्नै उत्पादनबाट तयार भएका सिलाइका सामग्रीको बिक्री कक्ष पनि सञ्चालनमा ल्याउनुभएको छ । बिक्री कक्षमा साडी, चौबन्दी चोलो, रुमाल, कुर्ता सलबार, झोला र थैली राखिएका छन् ।

धनकुटा बुधबारेका २४ वर्षीया रेखा लिम्बू स्नातक तेस्रो वर्षको परीक्षा दिएपछि अहिले ढाकाको तानमा आफ्नो भविष्य खोज्दै हुनुहुन्छ । उहाँ भन्नुहुन्छ – “पढ्ने सबैले जागिर पाउँदैनन् । सर्टिफिकेट सिरानीमुनि थन्किएको छ । पाएको जागिरबाट सबैलाई सन्तुष्टि कहाँ मिल्छ र रु”

हुन त नेपाली बजारमा तेह्रथुमे ढाका कपडाको एकछत्र राज छ । जहाँ जुन भूगोलमा बुने पनि त्यस उत्पादनको नाम तेह्रथुमे ढाका नभने बिक्री नहुने समस्या अझै पनि छ ।

रु चार लाख लगानीबाट सुरु भएको यो उद्योगबाट हाल मासिक रु एक लाखको कारोबार भइरहेको सञ्चालिका चौहानले बताउनुभयो । विसं २०५५ मा झापा हस्तकला प्रशिक्षण केन्द्रबाट सीप सिक्नुभएका उहाँ अहिले उत्साहित हुनुहन्छ । उद्योग दर्ता गरेर काम थालेको छ महिनासम्म भने उहाँलाई ठूलै सङ्घर्ष गर्नुपरेको थियो ।

कसै कसैले आधुनिक जमानामा ढाकाका कपडा कसले किन्छ र भनेर पनि खिल्ली उडाए । आफूसँग भएको सीपसँग उहाँ पूरै विश्वस्त हुनुहुन्थ्यो । नेपाली धागो उद्योगले उत्पादन गरेको सूती धागो प्रयोग गरेर ढाकाको तान लगाउने उहाँले जानकारी दिनुभयो । । हाल चौहानले उत्पादन गरेको ढाकाको माग उच्च छ । उहाँ भन्नुहुन्छ – “खासगरी साडी र सर्टका कपडा युरोप र अमेरिकासम्म जान थालेका छन् ।”

विभिन्न गैरसरकारी संस्थाले उर्लाबारी क्षेत्रमा पनि बारम्बार ढाका बुन्ने तालिम सञ्चालन गरे पनि दक्ष जनशक्ति उत्पादन नहुँदा उर्लाबारीकै उद्योग धरासायी बनेका छन् । उहाँ भन्नुहुन्छ – “ढाका कपडा टिकाउ मात्र हैन, बिकाउ पनि हुने गरेकाले देशभरबाट माग आउँछ तर, जनशक्ति छैन ।”

निरुसँगै सीप सिकेर स्वावलम्बी बन्नुभएका देवका बास्कोटा ढाकाको माग उच्च भए पनि स्वदेशी उत्पादन र पहिचानप्रति युवापुस्ताको ध्यान जान सके ढाकाको बजार फस्टाउने बताउनुहुन्छ ।

ढाका कपडा देशको जुनसुकै भूगोलमा बुनिए पनि गुणस्तरीय भए बजारको अभाव चौहानको उद्योग सञ्चालनबाट प्रष्ट भएको छ ।

No comments:

Post a Comment

watch first and then search