watch first and then search

watch first and then search

Sunday, June 3, 2018

सावधान ! अब विदेशबाट फर्कने बेला डिउटी फ्रीबाट रक्सि लिएर नेपाल जान पाइदैन, यदि लिएर जानु भयो भने लाग्ने छ चर्को कर !

काठमाडौं । सरकारले विदेशबाट फर्किनेहरुलाई रक्सी ल्याउन प्रतिवन्ध लगाएको छ । नयाँ आर्थिक विधेयकमा विदेशबाट फर्किएका नेपालीले भन्सार नतिरी रक्सी ल्याउन पाउने सुविधा हटाइएको छ । यसअघि एक लिटरसम्म रक्सी विदेशबाट फर्किनेले लिएर आउन पाउँथे । अब भने त्यस्तो सुविधा हटाइएको भन्सार विभागका एक उच्च अधिकारीले बताए । सरकारले यो सुविधाका कारण वाषिर्क एक अर्ब रुपैयाँ राजश्व गुमेको ठहर गर्दै हटाएको हो । ‘विदेशबाट रक्सी ल्याउने क्रम निकै बढ्यो, झण्डै एक अर्ब राजस्व गुमेको पाइएपछि यसलाई हटाइएको हो,’ ती अधिकारीले भने,’ रक्सी स्वास्थ्यका हिसावले पनि राम्रो होइन । त्यसैले यसमा भन्सार छुट दिइरराख्नु पर्ने महसुश हामीले गरेनौं ।’ विदेशबाट फर्किने यात्रुले भन्सार तिरेर रक्सी ल्याउन पाउने/नपाउने भन्ने विषय तय भएको छैन । सरकारले नयाँ आर्थिक ऐनअनुसार झिटीगुन्टा आदेश जारी गरिसकेको छैन । केही दिनमा जारी हुने यो आदेशमा यस विषयमा स्पष्ट गर्ने योजना छ । ‘त्यसमा केही आएन भने पनि विभागका महानिर्देशकले सूचना जारी गरेर स्पष्ट गर्नुहुन्छ,’ ती भन्सार अधिकारीले भने,’अब विदेशबाट भन्सार नतिरी रक्सी ल्याउन नपाउने कुरा चाँही स्पष्ट नै छ । यात्रुले रक्सी ल्याए जफत गर्ने कि भन्सार तिर्न दिने भन्ने विषय केही दिनमै स्पष्ट हुन्छ ।’ श्रोत अनलाइन खबर

भूकम्पपीडितको ब्यथा : ईन्जिनियरलाई घुस खुवाएर लिदैंछन् देस्रो किस्ता

काठमाडौं, २० जेठ । काभ्रे – इन्जिनियरको बदमासीले काभ्रेको डाँडापारीमा घर नबनाइ दोस्रो किस्ताको लागि नाम निस्केको खुलासा भएको छ । जिल्लाको विकट क्षेत्र खानीखोला गाउँपालिका ४ डाँडागाउँमा घरै नबनाइ दोस्रो किस्ताको रकम निकासा भएको खुलेको हो । आजको कारोबारमा समाचार छापिएको छ । स्थानीयसँग पैसा लिएर दाश्रो किस्ताको लागि रकम निकासा गरिदिन्छु भन्दै वडा नम्बर ४ हेर्ने प्राविधिक हर्ष बमले एउटा घरको ५ देखि १० हजार रुपैयाँ घुस लिएर पास गरेको स्थानीयले बताएका छन् ।

ओली सरकारले गर्यो ‘खारेज’ गर्यो तीन गम्भीर रोगका बिरामीलाई दिइने भत्ता

क्यान्सर एवम् मिर्गौलाका गम्भीर रोग भएका र स्पाइनल इन्जुरी अर्थात् मेरुदण्डमा चोटपटक लागेका बिरामीलाई जीविकोपार्जनका लागि मासिक पाँच हजार रुपैयाँ भत्ता दिने अघिल्लो सरकारको निर्णय वर्तमान सरकारले काटेको भन्दै पीडित बिरामीहरूले दु:ख व्यक्त गरेका छन्। अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार बजेटमा ती तीन थरी रोगबाट पीडित भएकालाई भत्ता दिने व्यवस्था नभएकोले भत्ता वितरण गर्न सम्भव नहुने बताएका छन्। अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यका अनुसार क्यान्सर, मिर्गौला र मेरुदण्डमा चोटपटक लागेका बिरामीलाई दिने भनी भनिएको जीविकोपार्जन भत्ता दिने व्यवस्था नयाँ आर्थिक वर्षको बजेटमा छैन। उनले भने, “बजेट विनियोजन पनि नभएको र त्यो विषय सम्बोधन नभएकोले त्यो खारेज नै भएको भन्ने बुझ्नुपर्‍यो।” सरकारको बजेटमा नराखिएका कारणले तीन थरी रोगका ‍हजारौँ बिरामी‍ निराश हुने देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालय र सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको स्वीकृति लिएर बल्लबल्ल बिरामीको प्रमाणपत्र पाएका झन्डै दुई हजार व्यक्तिले उक्त भत्ताका लागि निवेदन दिइसकेका थिए। बाँकी बिरामी पनि निवेदन दिने तरखरमा थिए। गत वर्ष पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अस्पतालमा गएर केही बिरामीलाई भत्ता वितरण पनि गरेका थिए। तर बाँकी बिरामीलाई भने भत्ता दिइएको थिएन। मेरुदण्डमा चोटपटक भएका केही बिरामीले घोषणा गरेको तर भत्ता नदिएकोमा असन्तुष्टि प्रकट गर्न चक्काजाम र धर्ना गर्दै आएका थिए। भत्ता खारेज भएको सङ्केत पाएपछि उनीहरूले त्यसको सशक्त विरोध गर्ने चेतावनी दिएका छन्। स्पाइनल इन्जुरी पीडित संघर्ष समितिका संयोजक बाबुराम मिश्रले भने, “अब हामी आन्दोलन गर्छौँ। पहिले रिले अनशन गर्छौँ।” यस विषयमा सुनुवाइ नभए आफूहरू आमरण अनशनमा बस्ने उनले बताए। कतिपयले देउवा सरकारको मन्त्रिपरिषद्ले चार महिनाअगाडि उक्त निर्णय गर्दै वितरणका लागि १२ करोड रुपैयाँ विनियोजन गरिसक्दा पनि रकम वितरण नहुनुलाई राजनीतीकरण भएको मानेका छन्। तर स्वास्थ्य मन्त्रालयअन्तर्गत स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाका निर्देशक विकास देवकोटाले स्रोतको निरन्तरताको समस्या रहेकोले वितरण नभएको बताए। उनले भने, “अहिले निवेदन दिएका बिरामीलाई मात्र भत्ता वितरण गर्नु ठूलो कुरा होइन। मुख्य कुरा अर्को सालको लागि बजेट छैन भने हामीले कहाँबाट दिने? हिजो भत्ता रोकिएको कारण पनि त्यही होला।” अघिल्ला सरकारले गरेको निर्णयहरुलाई निरन्तरता नदिने नेपाली राजनीतिक चलनको खासगरी विपक्षी दलहरूबाट आलोचना हुने गरेको छ।

कतारमाथि सैन्य आक्रमण गर्ने साउदी अरबको चेतावनी, कतार पर्यो तनावमा

पेरिस,२० जेठ । रसियाली एस–४०० हवाई रक्षा प्रणालीलाई भित्राएमा कतारविरूद्ध सैन्य कारबाही गरिने साउदी अरबले चेतावनी दिएको फ्रान्सबाट प्रकाशित हुने ले मोन्डे दैनिकले जनाएको छ । रियादले फ्रान्सेली राष्ट्रपति इमानुयल म्याक्रोँलाई कतारले खरिद गर्न लागेको भनिएको एस–४०० बारे जानकारी गराउँदै यसमा हस्तक्षेपकारी भूमिका निर्वाह गर्न र हतियार खरिदका लागि निकट समयमा हुन लागेको सम्झौता अवरुद्ध गरी क्षेत्रीय स्थायित्वका लागि सहयोग गर्न भनेको एक गोप्य सूचनालाई उद्धृत गर्दै उक्त दैनिकले आफ्नो शुक्रबारको अङ्कमा लेखेको छ । यस समाचार रिपोर्टप्रति फ्रान्सको राष्ट्रपतिको कार्यालयका साथै विदेश मन्त्रालयबाट तत्काल कुनै औपचारिक प्रतिक्रिया आएको छैन । खाडी क्षेत्रका शक्तिराष्ट्रहरू बहराइन, संयुक्त अरब इमिरेट्सलगायतको सहयोगमा साउदी अरबले अतिवादी इस्लामिक समूहहरू तथा इरानसँग निकट भएको आरोपमा कतारसँगको सम्बन्धलाई गत वर्षको जुनदेखि विच्छेद गरेको घोषणा गरेको छ । इरानलाई रियादको क्षेत्रीय प्रतिस्पर्धीका रूपमा हेरिने गर्छ । आफूमाथि लागेको आरोपको कतारले खण्डन गर्दै केही खाडीमुलुकले लगाएको आर्थिक नाकावन्दी अन्यायपूर्ण भएको बताउदै आएको छ । खाडी मुलुकहरूले एक्लाइरहेका वेला कतारले रूस लगायतका नयाँ सहयोगीहरूको खोजी गरेको छ । कतारले यही वर्षको जनवरीमा मस्कोसँग अत्याधुनिक एस–४०० हतियार प्रणालीका बिषयमा छलफल चलिरहेको बताएको थियो । त्यतिवेला छलफल निकै अघि बढिसकेको बताइएको थियो । ले मोन्डेले भनेको छ, “साउदी राजा सलमानले हतियार खरिदबारे गहिरो चासो व्यक्त गर्दै फ्रान्सेली राष्ट्रपतिलाई लेखेको पत्रमा यसले क्षेत्रीय द्वन्द्वलाई बढाउने खतरा रहेको चेतावनी दिइएको छ ।” पत्रमा साउदी अरबले उक्त हतियार प्रणालीलाई नष्ट गर्न जुनकुनै उपाय अवलम्बन गर्ने र कतार विरुद्ध सैन्य कारबाही गर्न तयार हुने बताएको पत्रिकामा उल्लेख गरिएको छ ।

watch first and then search