watch first and then search

watch first and then search

Sunday, June 3, 2018

सावधान ! अब विदेशबाट फर्कने बेला डिउटी फ्रीबाट रक्सि लिएर नेपाल जान पाइदैन, यदि लिएर जानु भयो भने लाग्ने छ चर्को कर !

काठमाडौं । सरकारले विदेशबाट फर्किनेहरुलाई रक्सी ल्याउन प्रतिवन्ध लगाएको छ । नयाँ आर्थिक विधेयकमा विदेशबाट फर्किएका नेपालीले भन्सार नतिरी रक्सी ल्याउन पाउने सुविधा हटाइएको छ । यसअघि एक लिटरसम्म रक्सी विदेशबाट फर्किनेले लिएर आउन पाउँथे । अब भने त्यस्तो सुविधा हटाइएको भन्सार विभागका एक उच्च अधिकारीले बताए । सरकारले यो सुविधाका कारण वाषिर्क एक अर्ब रुपैयाँ राजश्व गुमेको ठहर गर्दै हटाएको हो । ‘विदेशबाट रक्सी ल्याउने क्रम निकै बढ्यो, झण्डै एक अर्ब राजस्व गुमेको पाइएपछि यसलाई हटाइएको हो,’ ती अधिकारीले भने,’ रक्सी स्वास्थ्यका हिसावले पनि राम्रो होइन । त्यसैले यसमा भन्सार छुट दिइरराख्नु पर्ने महसुश हामीले गरेनौं ।’ विदेशबाट फर्किने यात्रुले भन्सार तिरेर रक्सी ल्याउन पाउने/नपाउने भन्ने विषय तय भएको छैन । सरकारले नयाँ आर्थिक ऐनअनुसार झिटीगुन्टा आदेश जारी गरिसकेको छैन । केही दिनमा जारी हुने यो आदेशमा यस विषयमा स्पष्ट गर्ने योजना छ । ‘त्यसमा केही आएन भने पनि विभागका महानिर्देशकले सूचना जारी गरेर स्पष्ट गर्नुहुन्छ,’ ती भन्सार अधिकारीले भने,’अब विदेशबाट भन्सार नतिरी रक्सी ल्याउन नपाउने कुरा चाँही स्पष्ट नै छ । यात्रुले रक्सी ल्याए जफत गर्ने कि भन्सार तिर्न दिने भन्ने विषय केही दिनमै स्पष्ट हुन्छ ।’ श्रोत अनलाइन खबर

No comments:

Post a Comment

watch first and then search