watch first and then search
watch first and then search
Saturday, March 31, 2018
राजेशपायल राईको ‘बार लाउ है मायाले’ नयाँ गीत सार्वजनिक (भिडियो सहित)
भर्सटायल गायक राजेशपायल राईको नयाँ गीत सार्वजनिक भएको छ । उनले नयाँ गायिका रेनुका दुमी राईसँग ‘बार लाउ है मायाले’को लोक फ्लेबरको गीत लिएर दर्शकमाझ आएका छन् ।
शिखर गजरकोटेको रचनामा रहेको पूर्वेली लोक भाकामा प्रियजन राईले लय संयोजन गरेका छन् । पूर्वेली जुनतारा म्युजिक प्रालिको प्रस्तुतिमा रहेको भिडियो म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । भिडियोमा समिर राई, ऋतु कोईराला र हरिचन्द्र राईले अभिनय गरेका छन् ।
जनकराज अधिकारीले छायांकन गरेको भिडियोमा मनिष कार्कीको सम्पादन र प्रियजन राईको निर्देशन छ । गायिका रेनुकाले राजेशपायलसँग गीत गाउन पाउनु आफ्नो अहोभाग्य मानेकी छन् ।
चर्चित गायक गायक पुष्कल शर्माको आयो अर्को मार्मिक गीत “बेहुली बनी डोलीमा अन्मिदा” हेर्नुहोस (भिडियोसहित)
काठमाडौं, १६ चैत्र । मान्छेका मनका भावहरु कतिपय अवस्थामा झताभुङग हुँदो रहेछ । आफुले प्राण भन्दा प्यारो ठानेको प्रेमी र प्रेमका विचको सम्वन्ध अन्त्य हुदाँ मन विचलित हुनु स्वभाविक हो ।यस्तै कारुणिक भावहरुलाई समेटेर गीत तयार पार्ने क्रममा प्रियसी म्युजिक प्रालीको प्रस्तुुतिमा रितु जिसी र कृष्ण ढुङगानाको मार्मिक गीत “बेहुली बनी डोलीमा तिमी अन्मिदा” बजारमा आएको छ ।
बाध्यताले पराइएको डोलीमा अन्मिदा नरमाइलो लागेको कुरा प्रेमीकाले प्रेमीलाई भनेकी छन। चर्चित गायक पुष्कल शर्मा र गायिका रितु जिसीको सुमधुर आवाज रहेको गीतमा जिवन भोगाईलाई चित्रण गरिएको छ । रितु जिसी र कृष्ण ढुङगानाको शब्द तथा कृष्ण ढुङगानाको लय सिर्जना रहेको छ । पछिल्लो समय चर्चामा रहेकी बविता श्रेष्ठले भिडियोलाई निर्देशन गरेकी हुन भने सम्पादन अविनास डिसीले गरेका छन । भिडियोमा आशा खड्का , बुद्धविर र इन्द्र दाहाल शिशिरको अभिनय देख्न सकिन्छ । भिडियोलाई सागर गौत्तमले छायाँकन गरेका हुन ।
हेर्नुहोस भिडियो
Friday, March 30, 2018
Subscribe to:
Posts (Atom)