watch first and then search
watch first and then search
Sunday, December 18, 2016
सार्वजनिक भयो चार मन्त्रीको सम्पत्ति विवरणः हेर्नुस् को करोडपति को सडकपति ?
काठमाडौँ, ३ पुस । सूचना तथा सञ्चार मन्त्री सुरेन्द्रकुमार कार्कीको सम्पत्ति विवरण सार्वजनिक गरिएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २०७३ साल साउन २० गते गठित मन्त्रिपरिषद्मा रहेका सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक गरेको हो ।
सञ्चारमन्त्री कार्कीद्वारा प्रस्तुत सम्पत्ति विवरणअनुसार ओखलढुङ्गा माम्खा गाविस–१ मा स्व रत्नदेवीको नाममा खेती गर्न छोडिएको ४ रोपनी जमिन, मामाबाट स्वामित्व हस्तान्तरण भई आएको छोरोको नाममा रहेको भक्तपुर झौखेल–१ स्थित १० आना दुई पैसा जमिन र उहाँकै नाममा भक्तपुर सिपाडोल–१ मा नौ आना जमिन रहेका छन् ।
उहाँले आफ्नी पत्नीको स्वामित्वमा भारतको सिक्किम र दार्जिलिङ्मा केही जग्गा र घरहरु रहेको उल्लेख गर्नुभएको छ ।
मन्त्री कार्कीको नाममा विभिन्न बैंकमा गरी रु १४ लाख नगद मौज्दात रहेको छ । यस अतिरिक्त उहाँसँग दश तोला सुन रहेको छ ।
वनमन्त्री भण्डारीको सम्पत्ति
वन तथा भू–संरक्षण मन्त्री शंकर भण्डारीले प्रस्तुत गर्नुभएको सम्पत्ति विवरणअनुसार उहाँकी श्रीमती अन्जना ९उप्रेती० भण्डारीका नाममा पैतृक स्रोतबाट प्राप्त काठमाडौँमा अढाई तले घरसहित घडेरी र आमा श्रीमती दमयन्ती भण्डारीका नाममा तनहँुको पुर्कोटमा तीन तले घरघडेरी रहेका छन् ।
त्यस्तै, पैतृक स्रोेतबाट प्राप्त श्रीमतीका नाममा काठमाडौँमा २६५।९ वर्गमिटर र आमाका नाममा तनहुँमा २९ रोपनी जग्गा रहेको पनि उहाँले उल्लेख गर्नुभएको छ ।
मन्त्री भण्डारीसँग ४५ तोला सुन र ६० तोला चाँदीका साथै विभिन्न बैंक तथा वित्तीय संस्थामा रु दुई लाख ५५ हजार नगद रहेको छ । उहाँले विभिन्न व्यक्तिबाट रु ३ लाख ५० हजार ऋण लिएको र ११ लाख ऋण दिएको पनि उल्लेख गर्नुभएको छ । मन्त्री भण्डारीको नाङल क्रसर ढुङ्गा उद्योग काभ्रेपलाञ्चोकमा १० प्रतिशत शेयर रहेको छ ।
मन्त्री नायकको सम्पत्ति
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री अजय शङ्कर नायकले प्रस्तुत गर्नुभएको सम्पत्ति विवरणमा आमा ईश्वरीदेवीको नाममा सिराहा बड्हरामाल – ६ मा ८ कठ्ठा जग्गा र आफ्नै नाममा सिराहामै १७ धुर जग्गा रहेको देखाइएको छ ।
त्यस्तै, आमाकै नाममा सिराहामा पाँच बिगाहा जग्गा र बाजे सरभुग नायकको नाममा सिराहा, उदयपुर र धनुषामा चार बिगाहा जग्गा रहेको उहाँले उल्लेख गर्नुभएको छ । यी सबै पैतृक सम्पत्ति भएको उल्लेख छ ।
मन्त्री नायकसँग सुन १५ तोला, चाँदी ४० तोला, नगद रु दुई लाख र एभरेष्ट बैंकमा रु दुई लाख नगद रहेको विवरणमा उल्लेख छ ।
मन्त्री गिरीको सम्पत्ति
सिँचाइमन्त्री दीपक गिरीले आफ्नो सम्पत्ति विवरणमा राजधानीमा दुई रोपनी नौ आना र राजधानी बाहिर ६ बिगाहा तीन कठ्ठा जमिन भोगचलनमा रहेको उल्लेख गर्नुभएको छ ।
काठमाडौँंको टोखा चण्डेश्वरी नगरपालिका–४ मा दुई रोपनी नौ आना जग्गा र सो जग्गामा बनेको तीन तले पक्की घर र दाङ, हेकुली वडा नं ९ मा ६ बिगाहा तीन कट्ठा जग्गा र सो जग्गामा पाँचवटा घर रहेको उहाँको सम्पत्ति विवरणमा उल्लेख छ ।
सम्पत्ति विवरणमा ५० तोला सुन, झन्डै दुई किलो चाँदी र तीन सेट हीराका गहना पैतृक सम्पत्तिबाट आर्जन भएको उल्लेख छ ।
त्यसैगरी, उहाँको ग्लोबल बैंकमा रु तीन लाख ९४ हजार नगद मौज्दात रहेको छ । यस अतिरिक्त स्वर्गद्वारी क्रसर उद्योगमा १० प्रतिशत र योगी ब्रदर्स क्रसर उद्योगमा २५ प्रतिशत सेयर र एक सवारीसाधन ९स्कोरपिया० रहेको उहाँले आफ्नो सम्पत्ति विवरणमा उल्लेख गर्नुभएको छ ।
पार्वती भन्छिन् “विदेशमा नेपाली दाजुभाइको सहयोग पाइएला भनेको त ‘लभ’ पो गरौं भन्छन्’ !
अर्काको बच्चा च्यापेर नेपाल–भारत सिमाना पार
आमाजु दिदीले सहयोग गरेपछि पार्वतीले श्रीमान्लाई नै थाहा नदिई पासपोर्ट बनाउनुभयो । विदेश हिँड्ने बेलामा मुकुन्दले उहाँलाई रोक्ने थुप्रै प्रयास गर्नुभयो । तर केही सिप नलागेपछि मुकुन्दले दिदीको भर परेर श्रीमतीलाई विदेश जाने अनुमती दिनुभयो । तीस हजार रुपैयाँ तिरेर पार्वती कुवेत पुग्नुभयो ।
तर त्यहाँ पुग्न आमाजु दिदीले भने जस्तो सजिलो थिएन । अवैधानिक रुपमा भारतको बाटो हुँदै उहाँ त्यहाँ पुग्नुभएको हो । पार्वतीसित अरु दुईजना महिला पनि थिए । नेपाल–भारतको सिमाना काटेर दिल्ली पुग्न दलालले अनेक प्रपञ्च रचेका थिए । त्यसबेलाको कुरा सुनाउँदै उहाँले भन्नुभयो ‘आफ्नो हो भन्दै अर्काको बच्चा च्यापेर बोर्डर पास भयौं । लुम्बिनी घुम्न आएको भनेर पुलिसलाई ढाँट्यौं ।
सिमाना पार गर्दा आइपर्ने झञ्झटबारे दलालले पहिल्यै उनीहरुलाई जानकारी गराएको थियो । ‘यहाँ प्रहरी हुन्छन भनेर पहिल्यै जानकारी दिन्छन् । दिल्ली पुगेपछि यसो गर्नु, उसो गर्नु भने सिकाएका थिए ।’दिल्लीमा एकरात बसेपछि अर्को दिन उनीहरु कुवेतका लागि उडे । तर त्यहाँ काम दिने घरमालिक उनीहरुलाई लिन तत्कालै आएनन् । पार्वतीले कुवेतको जेलिवस्थित एक घरमा मासिक ३५ दिनारमा काम गर्न सुरु गर्नुभयो । एकवर्षपछि तलब बढेर ४० दिनार अर्थात १४ हजार रुपैयाँ पुग्यो ।
कुवेतमा घरको काम गर्न त सजिलै थियो, तर श्रीमान्, छोराहरु र परिवारको सम्झनाले धेरै चिमोट्थ्यो पार्वतीलाई । उहाँसित मोवाइल थिएन । श्रीमान र बुबाले फोन गर्दा पनि घरमालिकले बोल्न नदिने । घर बाहिर निस्कनुपर्दा पनि साहु साहुनीसँग मात्रै निस्कन पाइने । मालिकले नै नेपालमा पैसा पठाइदिने । तीन वर्ष कुवेतमा बसेर फर्कदा पार्वतीको हातमा अढाई लाख रुपैयाँ थियो । त्यो पैसाले ४० हजार रुपैयाँ ऋण तिरियो । अरु पैसा र छोराहरुको पढाई खर्चमा सकियो । विदेश हिँड्दा ६ र ७ वर्षे दुई छोरा अहिले ९ र १० वर्षका भए ।
हुनलाई कुवेतको काम एक किसिमको जेल जस्तै थियो । परदेशमा आफ्नैले पनि सहयोग नगरेको अनुभव छ पार्वतीसित । ‘विदेशमा सबै नेपाली दाजुभाइ आफ्नै जस्ता लाग्छन् । तर उनीहरुले सहयोग गर्दैनन् । बरु लभ गरुँ भन्नेहरु पो धेरै थिए ।’बरु पार्वतीलाई लागेको छ, इमान्दार र लगनशिल हुँदा विदेशका घर मालिकले मन पराउँछन् । उहाँको बुझाईमा नेपालले कुवेतसित श्रम सम्झौता नगर्दा नेपाली कामदारले तलब सुविधा कम पाएका हुन् ।
विदेश बस्दा मन शान्ति कहिल्यै भएन
पार्वती अहिले जिल्ला शिक्षा कार्यालय मकवानपुरमा कार्यालय सहयोगी रुपमा काम गर्नुहुन्छ । त्यहाँ काम गर्दा मासिक झण्डै १३ हजार रुपैयाँ तलब आउँछ ।विदेशको रोजगारी गरेर फर्केपछि अहिले पनि पार्वतीसित छेलोखेलो हुने गरी पैसा त छैन् । श्रीमान्को अलिकती कमाई र उहाँले कमाएको पैसाले परिवार चल्छ । विदेश गएपनि खासै कमाई भएन । बाबुको मात्रै साथमा रहँदा छोराहरुले पनि खासै राम्रो पढ्न सकेनन् ।
त्यसैले अब दोहोर्याएर विदेश जाने सोच छैन् पार्वतीको । उहाँले भन्नुभयो ‘परदेशमा श्रीमान्, छोराहरु र परिवार नसम्झेको दिन हुँदैनथ्यो । मन शान्ति कहिल्यै भएन । भनेजस्तो पैसा पनि कमाई भएन ।’कहिलेकाहीँ विदेश जाने कुरा उठ्दा पार्वतीका श्रीमान् मुकुन्दले भनिहाल्छन् ‘भो अब त्यस्तो कुरा नगर ।’ हुन पनि तीन वर्ष विदेश बसेर फर्केकी पार्वतीलाई मुकुन्दले कहिल्यै हेला गरेनन् ।
जान्नुहोस्, तपाईँको लागि कुन दिन जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ
सोही अनुरूप, तपाईँको जन्म तारिखको अनुसार तपाईँको लागि कुन तारिखमा जन्मिएका प्रेमजोडी भाग्यशाली हुन्छ जान्नुहोस्ः
आफ्नो अङ्क कसरी थाहा पाउने?
ज्योतिषशास्त्रमा भाग्यशाली प्रेमजोडीको विषयमा १ देखि ९ अङ्क निर्धारण गरिएको छ। यहि अङ्कबाट तपाईँका खास कुराहरू थाहा पाउन सकिन्छ।
यदि तपाईँको जन्म १ देखि ९ तारिखको बीचमा भएको हो भने तपाईँको अङ्क पनि जन्म तारिख नै हुन्छ। जस्तैः तपाईँको जन्म ८ तारिखमा भएको हो भने तपाईँको अङ्क पनि ८ नै हुन्छ।
तर, यदि तपाईँको जन्म १० देखि ३१ तारिखको बीचमा भएको हो भने अब तपाईँको अङ्क भनेको ती २ अङ्क जोड्दा जति हुन्छ त्यहि नै हुन्छ। जस्तैः तपाईँको जन्म २३ तारिखमा भएको हो भने, तपाईँको अङ्क २+३=५ हुन्छ। र यदि तपाईँको जन्म २९ तारिखमा भएको हो भने, तपाईँको अङ्क २+९=११ अनि फेरि १+१=२ हुन्छ।
अब आफ्नो अङ्क थाहा पाएपछि तपाईँको लागि कुन-कुन तारिखमा जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ थाहा पाउन पढ्दै जानुहोस्
१. अङ्क १:
तपाईँको जन्म १, १०, १९ वा २८ तारिखमा भएको हो भने तपाईँको अङ्क १ हुन्छ। र तपाईँको लागि २, १०, ७, १६, २५, ११, २०, २८ वा २९ तारिखमा जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ।
२. अङ्क २:
तपाईँको जन्म २, ११, २० वा २९ तारिखमा भएको हो भने तपाईँको अङ्क २ हुन्छ र तपाईँले २, ११, ७, १६, १, १०, ४ वा १३ तारिखमा जन्मिएका व्यक्तिसँग प्रेमसम्बन्ध गाँस्दा उचित हुन्छ।
३. अङ्क ३:
यदि तपाईँको जन्म ३, १२, २१ वा ३० तारिखमा भएको हो भने तपाईँको अङ्क ३ हुन्छ र तपाईँको लागि ३, १२, १५, १८, ९, २७, २४, ६ वा ९ तारिखमा जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ।
४. अङ्क ४:
४, १३, २२ वा ३१ तारिखमा जन्मिने व्यक्तिहरूको अङ्क ४ हुन्छ र उनीहरूको लागि भाग्यशाली जोडी भनेको १, २, ७, ८, ११, १६, १७, २६ वा २५ तारिखमा जन्मिएका व्यक्ति हुन्छन्।
५. अङ्क ५:
यदि तपाईँको जन्म ५, १४ वा २३ तारिखमा भएको हो भने तपाईँको अङ्क ५ हुन्छ र तपाईँले ५, १४, १५, १६, ११, २३, ६ वा २ तारिखमा जन्मिएका व्यक्तिसँग प्रेम सन्बन्ध गाँस्दा सबैभन्दा शुभ हुन्छ।
६. अङ्क ६:
तपाईँको जन्म ६, १५ वा २४ तारिखमा भएको हो भने तपाईँको अङ्क ६ हुन्छ र तपाईँको लागि ६, १५, १२, ३, १८, ९ वा २७ तारिखमा जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ।
७. अङ्क ७:
७, १६ वा २५ तारिखमा जन्मिएका व्यक्तिहरूको अङ्क ७ हुन्छ र ती व्यक्तिहरूका लागि १, २, ४, ७, १०, ११, १६ वा १३ तारिखमा जन्मिएका व्यक्ति शुभ हुन्छ।
८. अङ्क ८:
तपाईँको जन्म ८, १७ वा २६ तारिखमा भएको हो भने तपाईँको अङ्क ८ हुन्छ र २, ४, ८, ११, १३, १६, २६ वा १७ तारिखमा जन्मिएका व्यक्ति तपाईँको लागि शुभ हुन्छ।
९. अङ्क ९:
तपाईँको जन्म ९, १८ वा २७ तारिखमा भएको हो भने तपाईँको अङ्क ९ हुन्छ र तपाईँको लागि ३, ६, ९, १५, १२, २७ वा १८ तारिखमा जन्मिएका प्रेमि/प्रेमिका भाग्यशाली हुन्छ।
नेपालमा प्रधानमन्त्रीले राजदूत खाएको ईतिहास छ – को होलान ति प्रधानमन्त्री ? जानी राख्नुहोस्
काठमाडौं । नेपालको राजनितिक ईतिहासमा पद लोलुपता वा जिम्मेवारीवोध जे सुकैले होस् माथी पुगेको मान्छे फेरी तल पुगेका उदाहरणहरु धेरै छन् । त्यस्तै मध्येको एउटा उदाहरण अहिले चर्चामा रहेको छ पुर्वपरराष्ट्र मन्त्री राजदूत बन्न तम्सीए भनेर । परराष्ट्रमन्त्री राजदूत भन्दा धेरै माथी हुन्छ । तर त्यो माथील्लो पदमा पुगीसकेको व्यक्ती फेरी तल्लो पदका लागि किन राजी भए होलान् भन्ने जिज्ञासा धेरैलाई उठेको छ ।कतिपयले यसलाई लज्जाको विषय बनाएका छन् भने कतिपयले अहिले सम्म नभएको घटनाको रुपमा टिप्पणी गरेका छन् ।
तर नेपालमा राजदूतको सन्दर्भमा त्यो भन्दा पनि लज्जाको घटना यसअघि नै भईसकेको ईतिहास छ । मन्त्री भईसकेका व्यक्तीहरु राजदूत भएका घटना धेरै छन् । तर यहाँ प्रधानमन्त्री भईसकेको व्यक्ती पनि राजदुत भएको ईतिहास भेटिन्छ । जहाँनीया राणा शासनका विरुद्धमा भएको २००७ सालको क्रान्तिपछि २००८ साल मंसिर १ गतेदेखि करिव २१ महिना र २०१० साल असार २ गते देखि २०१२ साल बैशाख १ गते सम्म करिव २३ महिना गरी दुई कार्यकाल प्रधानमन्त्री भएका मातृका प्रसाद कोइराला नै पछि राजदूत भएको नमिठो ईतिहास नेपाली सामु छ ।
उनी २०१८ सालमा पंचायती शासन आएपछि तत्कालिन राजाद्धारा अमेरिकाका लागि राजदूतका साथै संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिमा नियुक्त भएका थिए । काँग्रेसका अर्का नेता विश्वेश्वरप्रसाद कोइरालासंगको आन्तरिक झगडाका कारण उनी नेपालमा बस्न नचाहेर राजदूत भएर अमेरिका गएको काँग्रेसका पुराना नेताहरु बताउछन् । अहिले पुर्वपरराष्ट्रमन्त्री तथा एमाले पोलिटव्युरो सदस्य महेन्द्रबहादुर पाण्डे चीनका लागि नेपाली राजदूतमा सिफारिस हुनु अस्वभाविक नभएको कुटनितिज्ञहरुको भनाई छ ।
Subscribe to:
Posts (Atom)