watch first and then search

watch first and then search

Sunday, December 18, 2016

नेपालमा प्रधानमन्त्रीले राजदूत खाएको ईतिहास छ – को होलान ति प्रधानमन्त्री ? जानी राख्नुहोस्






काठमाडौं । नेपालको राजनितिक ईतिहासमा पद लोलुपता वा जिम्मेवारीवोध जे सुकैले होस् माथी पुगेको मान्छे फेरी तल पुगेका उदाहरणहरु धेरै छन् । त्यस्तै मध्येको एउटा उदाहरण अहिले चर्चामा रहेको छ पुर्वपरराष्ट्र मन्त्री राजदूत बन्न तम्सीए भनेर । परराष्ट्रमन्त्री राजदूत भन्दा धेरै माथी हुन्छ । तर त्यो माथील्लो पदमा पुगीसकेको व्यक्ती फेरी तल्लो पदका लागि किन राजी भए होलान् भन्ने जिज्ञासा धेरैलाई उठेको छ ।कतिपयले यसलाई लज्जाको विषय बनाएका छन् भने कतिपयले अहिले सम्म नभएको घटनाको रुपमा टिप्पणी गरेका छन् ।

तर नेपालमा राजदूतको सन्दर्भमा त्यो भन्दा पनि लज्जाको घटना यसअघि नै भईसकेको ईतिहास छ । मन्त्री भईसकेका व्यक्तीहरु राजदूत भएका घटना धेरै छन् । तर यहाँ प्रधानमन्त्री भईसकेको व्यक्ती पनि राजदुत भएको ईतिहास भेटिन्छ । जहाँनीया राणा शासनका विरुद्धमा भएको २००७ सालको क्रान्तिपछि २००८ साल मंसिर १ गतेदेखि करिव २१ महिना र २०१० साल असार २ गते देखि २०१२ साल बैशाख १ गते सम्म करिव २३ महिना गरी दुई कार्यकाल प्रधानमन्त्री भएका मातृका प्रसाद कोइराला नै पछि राजदूत भएको नमिठो ईतिहास नेपाली सामु छ ।

उनी २०१८ सालमा पंचायती शासन आएपछि तत्कालिन राजाद्धारा अमेरिकाका लागि राजदूतका साथै संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधिमा नियुक्त भएका थिए । काँग्रेसका अर्का नेता विश्वेश्वरप्रसाद कोइरालासंगको आन्तरिक झगडाका कारण उनी नेपालमा बस्न नचाहेर राजदूत भएर अमेरिका गएको काँग्रेसका पुराना नेताहरु बताउछन् । अहिले पुर्वपरराष्ट्रमन्त्री तथा एमाले पोलिटव्युरो सदस्य महेन्द्रबहादुर पाण्डे चीनका लागि नेपाली राजदूतमा सिफारिस हुनु अस्वभाविक नभएको कुटनितिज्ञहरुको भनाई छ ।

No comments:

Post a Comment

watch first and then search