watch first and then search

watch first and then search

Monday, July 2, 2018

डाक्टरको लापरवाहीको कारण भयो यस्तो हविगत ! जीवन र मरणको दोधारमा यी व्यक्ति ! (तस्विरहरु)




पाकिस्तानमा एक व्यक्तिले झोलाछाप डाक्टरका कारण धेरै दुख झेल्नु परेको समाचार बाहिरिएको छ। पाकिस्तानको एक सहर मध्य कराची सहरको यस घटनाले धेरैलाई चकित समेत बनाएको छ। मुहम्मद फारुक नामका एक व्यक्तिलाई अहिले क्यान्सरले मरणको मुखमा पुर्याएको छ। फर्जी डाक्टरसँग उपचार गराएको कारण उनले यस्तो दुख पाउनु परेको बताउएको छ। अहिले उनि क्यान्सरको अन्तिम अवस्थामा पुगेका छन् भने उनको हालत देखेर जो-कोही पनि तर्सिने गर्छन्।



अहिले उनको मुखमा एक मानव टाउको बाराबारको ट्युमर पलाएको छ। जसका कारण उनलाई खान पनि धेरै गार्हो हुन थालेको छ। उनिसँग मृत्यु कुर्नु बाहेक कुनै पनि विकल्प नरहेको बताइएको छ। फारुकका भाइले बताए अनुसार फारुक पहिला कारपेटरको काम गर्ने गर्थे। एक दिन दाँतमा धेरै दुखेको कारण साथीको सल्लाहसँगै आफ्नो दाँत निकालेर फल्ने निर्णय गरे। दाँत निकाल्ने क्रममा धेरै खर्च नहोस् भन्नेको लागि झोलाछाप डाक्टरकोमा पुगेका थिए।

दाँत निकालेको ८ महिना पछि फारुकको मुख सुन्निन शुरु भएको थियो। यस प्रक्रियालाई उनले खासै मतलब गरेनन्। जसका कारण उनि अहिले यस्तो हालतमा पुगेको बुझिएको छ। बिस्तारै मुख सुन्निने क्रम बढेसँगै उनलाई सरकारी अस्पतालमा लागिएको थियो। विभिन्न प्रयोग पछि उनलाई क्यान्सर भएको पुष्टि भएको हो। डाक्टरले बताए अनुसार उनको ड्दाँत निकाल्ने क्रममा संक्रमित औजार प्रयोग गरिएको कारण उनको दात निकालिएको घाउमा इन्फेक्सन बढेको थियो। साथै उनि घुम्रपान गर्ने भएको कारण इन्फेक्सन बढेको डाक्टरको बुझाइ रहेको छ।



उनको मुखमा ट्युमर बढेसँगै कुनै पनि अस्पतालले भर्ना गर्न नमानेको बुझिएको छ। अहिले उनलाई दुखाइ कम गर्ने औषधि बाहेक अरु केही दिइएको छैन। फारुकको बच्ने कुनै पनि आस नभएको कारण उनलाई कीमोथैरेपी पनि दिइएको छैन। अहिले उनिसँग मरण कुर्ने बाहेक कुनै पनि बिकल्प नभएको बुझिएको छ।

No comments:

Post a Comment

watch first and then search