watch first and then search

watch first and then search

Friday, June 29, 2018

यूरोप जाने लोभले रात भरि यस्तो सम्म गरिन यी युवतीले / विदेश बस्ने केटा पत्याउनेले अबस्य हेर्नुहोला



आँखामा उनि नै थिए , सबै कुरा सुम्पियो,कुर कुरे बैश थियो,ह लहैमा गर्भ बस्यो तर माया बसेन

अहिले जहाँ त्यहि प्रेमील जोडिहरु देखिन्छन् । बाटोमा,पार्कमा,सिनेमा हल तथा कलेजहरुमा प्रेमील जोडिहरु भेटिन्छन्, देखिन्छन् । कतिपयले आफन्त र अभिभाबकबाट लुकेरै आफ्नो प्रेमी वा प्रेमिकालाई अङगालोमा कस्छन् भने कतिपयले लुक्नै पदैन,खुल्लमखुल्ला जोडिएर हिड्छन् ।

प्रेम आफैमा पबित्र बन्धन हो भनेर ब्याख्या गरिन्छ । तर त्यो पबित्र बन्धनलाई अहिलेका पुस्ताले अपबित्रपनि बनाउदै गएका छन् । प्रेमको बिकसितरुप बढ्दै गएपछि यौन सम्बन्धका सबै सर्तहरु भुलिन्छ । हो त्यहि भुलबाट धेरै प्रेमिकाहरुमा आजकाल गर्भ बस्न थालेको छ,जब गर्भ बस्छ तब प्रेमिहरुको माया चै हराउदै जान थालेको छ । प्रेम,गर्भ र त्यस पछिको असरहरुका बारेमा प्रेमिल जोडिहरलाई बुझाउन ब्लाष्टकर्मि योगेशबाबु काफ्लेले रिपोट तयार पारेका छन् ।

घटना १

धरानको एक निजी कलेजमा कक्षा १२ मा पढ्ने किशोरी दुई साता अघि अत्याधिक रगत बगेपछि धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानको आकष्मिक कक्षमा पुगिन । प्रसुती रोग बिभागका डाक्टरले जाँच गर्दा थाहा भयो उनले गर्भ पतन गराउने औषधि प्रयोग गरेकी रहेछिन् । उनको उपचारमा संम्लग्न चिकित्सकका अनुसार उनका प्रेमीसँग भएको यौन सम्बन्धबाट गर्भ रहेको थियो । तर गर्भ रहेपछि प्रेमिले नै उनलाई गर्भपतन गराउने औषधि ल्याएर दिएका थिए । रक्ताश्राप भएपछि प्रेमी सम्पर्क बिहिन भए,उनकै कलेजका साथीहरले उनलाई अस्पताल पु¥याएका थिए । ति युवतीको भनाई उदृत गर्दै उपचारमा संम्लग्न चिकित्सकले भनिन् ‘यसरी प्रेमको बिश्वासमा परेर असुरक्षित यौन सम्बन्ध राख्नेहरु अहिले ह्वातै बढेका छन् ।

घटना २

इटहरीको एक निजी क्लिनीकबाट गर्भपतन गराउने औषधि प्रयोग गरेकी एक बिबाहिता महिलापनि धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा भर्ना हुनु प¥यो । श्रीमान बैदेशीक रोजगारमा छन्,आफ्नै एक पुरुष साथीसँग उनको गोप्य यौन सम्बन्ध भयो । ति महिलालाई काउसेलिङ गर्ने स्वास्थ्यकर्मिले भनिन् ‘यौन सम्बन्ध राख्दा उनका साथीले बच्चा बस्यो भने म बिहे नै गर्छु भनेका रहेछन् तर बच्चा बसेपछि उनलाई जानकारी गराएपछि सम्र्पक बिहिन भएछन ।’ स्वास्थ्यकर्मिका अनुसार उनीसँग यौन सम्बन्ध राख्ने साथी सम्पर्कमा नआएपछि उनले एउटा मेडिकलबाट औषधि किनेर खाएकी रहेछिन् अन्याधिक रक्तश्राब भएछ,धन्न ज्यान गएन ।

घटना ३

मोरङको केराबारीकी एक युवतीको पिडा अलि फरक छ ।फेसबुकमा चिनजान भएको इटहरीका एक युवा सँगको सम्बन्ध गहिरो प्रेममा फसेको थियो । उनका साथीसँग पटक पटक यौन सम्बन्ध भयो । तर दुर्भाग्यबस उनको गर्भ बस्यो । यौन सम्बन्ध पछि ७२ घण्टे औषधि पनि खाएकी थिइन । तर औषधिले काम गरेन । उनको बिहेको लागि घरमा केटा माग्नपनि पटक पटक आएका थिए । तर उनले आफैले केटा हेरेको छु भनेर घरपरिवारलाई भनेकी थिइन । जब उनमा गर्भ बसेको थाहा भो तुरन्तै उनले आफ्ना प्रेमिलाई ‘अब बिहे गरौ’ भनिन् । तब उनका प्रेमिले गर्भ फ्याल्न आग्र्रह गरे । उनले बिहे तत्काल गर्न नसक्ने भन्दै बहाना गरे । पछि कुरो बुझ्दा जाँदा त उनका प्रेमी त बिबाहीत पुरुष रहेछन् । यी घटनाबाट मानसिक रुपमा बिक्षीप्त बनेकी ति युवती धरान स्थित वीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानका मनोचिकित्सकको निगरानीमा औषधि सेवन गरिरहेकी छिन् ।सामाजीक रुपमा बेइजति हुने डरले यो घटनालाई अहिले गुपचुप राखिएको छ ।यी त केहि उदाहरणमात्र हुन् । अहिले हाम्रो समाजमा अबैध र असुरक्षित यौन सम्बन्धका कारण यस्ता समस्याहरुको चाङनै लागेको छ । हरेक सम्बन्धहरु सुरुमा प्रेमको रुपमा सुरु भएर गर्भपतनमा पुगेर टुङगिने गरेका छन् । देखावटा प्रेम र असुरक्षित यौन सम्बन्धले अहिले धरै युवती र महिलाहरुले मानसिक तथा शारिरीक सस्या भोगि रहेका छन् ।

के देखिन्छ तथ्याङकमा ?

क्षेत्रिय स्वास्थ्य निर्देशनालय धनकुटाको तथ्याङक अनुसार गत आर्थिक बर्ष २०७२÷७३मा मात्र पुर्वाञ्चलका १६ जिल्लामा १८ हजार ३ सय १९ जनाले गर्भपतन गराएका छन् ।पुर्वाञ्चल क्षेत्रिय स्वास्थ्य निर्देशनालय धनुकटाका सुचना अधिकारी तुलसीप्रसाद गुरागाईका अनुसार चालु आर्थिक बर्षको पुष महिना सम्मपनि पुर्वाञ्चलमा गर्भपतन गराउनेहरुको संख्या गत आर्थिक बर्षकै हाराहारीमा देखिएको छ । गर्भपतन गराउनेहरुमा २० बर्ष मुनिका १० प्रतिसत र २० देखि माथिका ८० प्रतिसत महिलाहरु छन् । गत आबमा सबैभन्दा धेरै झापामा ४ हजार २ सय ७ जनाले गर्भपतन गराएका छन् भने सबैभन्दा थोरै तेह्थुममा १ जनाले गर्भपतन गराएका छन् । ‘तथ्याङक संकलनको कार्य भईरहेकाले चालु आर्थिक बर्षको तथ्याङक ठ्याक्कै यतिनै भन्न सकिएन तर संकलित तथ्याङकलाई बिष्लेशण गर्ने हो भने तथ्याङक हाराहारीमै आउछ ।’ यो तथ्याङक भनेको सरकारले सुचिकृत गरेका चिकित्सकहरु सम्म आएर गर्भपतन गराउनेहरुको हो । तर निजी क्लिनिकहरुमा गएर अबैध गर्भबतन गर्नेहरुको संख्या अझ धेरै हुन सक्ने अनुमान गरिएको छ । स्मरण रहोस नेपालमा बैधानिक तरिकाबाट भन्दा अबैध तरिकाबाट गर्भपतन हुने गरेको भन्दै संसदको स्वास्थ्य तथा वातावरण उप समितीले सरकारको ध्यानाकर्षण गराएको थियो ।

कानुनी ब्यबस्था

नेपालमा ०५९ सालदेखि गर्भपतन सम्बन्ध कानुन बनेको हो । त्यस अघि गर्भपतनलाई नेपालमा गैरकानुनी मानिन्थ्यो । गर्भपतनसम्बन्धी कानुनले बच्चा जन्माउने वा नजन्माउने निर्णय लिने अधिकार महिलालाई दिएको छ ।

जसले सुरक्षित गर्भपतन सेवा सर्वसुलभ गराई मात ृमृत्युदर र महिलाका स्वास्थ्यसम्बन्धी जोखिम घटाउन मद्दत पुर्याएको यस क्षेत्रमा कार्यरत बिज्ञहरुले बताउने गरेका छन् । सुरक्षित गर्भपतन महिलाहरूको प्रजनन अधिकार हो । नेपालमा सुरक्षित गर्भपतन सेवा प्रक्रिया– ०६० ले १२ हप्तासम्मको गर्भ गर्भवती महिलाको मञ्जुरीमा फाल्न सकिने कानुनले मान्यता दिएको छ । यसमा विशेष परिस्थितिलाई पनि हेरिएको छ । जबर्जस्ती करणी वा हाडनाता भएको अवस्थामा १८ हप्तासम्मको गर्भ फाल्न पाइने व्यवस्था छ ।तर, गर्भमा छोरा वा छोरी के छ भनी लिंग पहिचान गरेर गर्भपतन गराउन पाइँदैन ।

त्यस्तै, गर्भवती महिलाको सहमतिबिना र १२ हप्ताभन्दा बढीको गर्भ फाल्न कानुनले बन्देज गरेको छ । अप्ठेरो परिस्थितिमा विशेषज्ञ र अनुमति प्राप्त चिकित्सकले मात्र १८ हप्तासम्मको गर्भ फाल्न पाउने व्यवस्था रहेको छ ।असुरक्षित अवस्थामा गर्भपतन गराएमा कानुनी सजाय हुन्छ । गर्भवती महिलाको स्वीकृतिबिना वा करकाप र धम्की दिएर, ललाइफकाई गरेर, झुक्याएर वा प्रलोभन देखाएर गर्भपतन गराउन कानुनले निषेध गरेको छ ।

गर्भपतन गराउदाका जोखिम

आजभोली पटकपटक अर्वोसन (गर्भपतन) गराउने घटना बढिरहेका छन् । गर्भपतनलाई परिवार नियोजनका साधनको विकल्पको रुपमा लिइएका कारण गर्भपतन गराउनेको संख्या बढ्दै गएको पाइन्छ । यस्तो प्रवृत्तिले महिलाको बाँझोपनलगायतका गम्भीर स्वास्थ्य समस्याको जोखिमसमेत बढाउँदै लगेको बिशेषज्ञहरु बताउँछन् ।

यस्ता छन् खतरा

– गर्भपतनलाई परिवार नियोजनको साधनको रूपमा व्याख्या गरेको पनि पाइन्छ । तर, गर्भपतन परिवार नियोजनको साधन होइन । बाध्यात्मक अवस्थामा एकपटक मात्र गर्भ फाल्न सकिने विभिन्न अध्ययनले देखाएका छन् ।पटक–पटक गर्भपतन गराउँदा महिलाको ज्यानै जोखिममा पर्नसक्छ । धेरैपटकको गर्भपतनले महिलामा बच्चा पैदा गर्ने क्षमतामै ह्रास आउन सक्छ ।

– असुरक्षित गर्भपतनले पाठेघरमा प्वाल पर्ने, आन्द्रा तानिएर संक्रमण बढ्ने हुन्छ । यस्तो अवस्थामा बढी रक्तश्राव हुने खतरा पनि रहन्छ । अत्यधिक रक्तश्रावले महिलाको ज्यानै लिन सक्छ ।

–गर्भपतनका क्रममा पाठेघरको नलीमा इन्फेक्सन हुन पुग्यो भने भविष्यमा गर्भ नै नबस्ने हुनसक्छ । कहिलेकाही“ गर्भपतन राम्रोसँग नहुँदा नलीमा बच्चाको केही अंश रहन सक्छ । यस्तो भयो भने पछि नली नै काटेर फाल्नुपर्ने हुन्छ ।

–धेरैपटक गर्भपतन गराउँदा पाठेघर पातलिन्छ, पातलो पाठेघरमा बच्चा नबस्ने सम्भावना हुन्छ । बच्चा बसेमा पनि आफै“ खेर जाने सम्भावना बढी हुन्छ । पाठेघरभित्रको आकारप्रकार बिग्रन्छ ।

–गर्भपतन गर्दा पातलो भएको अवस्थामा पाठेघरमा थप समस्या निम्तिन सक्छ । यस्तो अवस्थामा प्राकृतिक गर्भधारण गर्दा पाठेघर नै फुट्ने खतरा बढी हुन्छ ।

–सन्तानको चाहना नहुन्जेलसम्म परिवार नियोजनको अस्थायी साधन प्रयोग गर्नु नै उपयुक्त हुन्छ । गर्भ रहेर गर्भपतन गराउनैपर्ने बाध्यता भए तालिमप्राप्त स्वास्थ्यकर्मी तथा मान्यताप्राप्त स्वास्थ्य संस्थाबाट मात्रै सुरक्षित रूपमा गराउनुपर्छ ।

–पहिलो बच्चा खेर फाल्नु राम्रो होइन । किनभने, कसैकसैको एउटा मात्रै बच्चा हुने सम्भावना पनि हुन्छ । पहिलो गर्भ नै फालिएमा अर्को बच्चा नबस्ने हुनसक्छ । गर्भपतन गराइसकेपछि अर्को बच्चा बस्ने सम्भावना पहिलेको भन्दा केही कम हुन्छ । किनभने, गर्भपतनका वेला इन्फेक्सन भएर नली नै बन्द हुन पनि सक्छ ।

डाक्टरको सल्लाह

डा.रमेश श्रेष्ठ

प्रसुती रोग बिषेशज्ञ

बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान

हाम्रो समाजमा बिबाह पुर्वको यौन सम्बन्धर्लाइ निधेष गरिएको छ । तर अहिलेको समय र पुस्तामा यो मान्य छैन । यौन शारिरीक आबश्यकता पनि हो । तर यो सुरक्षित र गोप्य हुनु आबश्यक छ । सकेसम्म बिबाह पुर्व यौन सम्बन्ध कायम नगरेकै राम्रो हुन्छ । बिबाह पुर्वका यौन सम्बन्धले खासगरि महिलाहरुमा भयङकर रुपमा सामाजिक तथा मानसिक समस्याहरु सृजना गरेको छ ।यदि बिबाह पुर्व यौन सम्बन्ध राख्नु पर्दा महिला र पुरुष दुबै सचेत हुनु पर्दछ । सुरक्षित यौन सम्बन्ध राख्दा राम्रो हुन्छ । यौन सम्बन्ध राख्दा खाने चक्किहरु भन्दापनि कन्डमको प्रयोग सुरक्षित र बैज्ञानिक मानिन्छ ।

साभार साप्ताहिक ब्लाष्ट खबरबाट

No comments:

Post a Comment

watch first and then search