watch first and then search

watch first and then search

Monday, June 18, 2018

‘मर्नु परे नेपालमै मर्छु तर अन्तिम समय नेपालमै बिताउछु’ भन्दै बेलायत पुगेर फर्केका डाक्टर देवकोटा अतः नेपालीमै प्राण त्यागे

काठमाडौ – वरिष्ठ न्यूरो सर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ ६३ वर्षको उमेरमा निधन भएको छ। पित्त नलीको क्यान्सरबाट पीडित देवकोटाको आज साँझ ५:३५ बजे बाँसवारीस्थित न्यूरो अस्पतालमा निधन भएको अस्पतालले जनाएको छ। डा. उपेन्द्र देवकोटा गएको वैशाख १५ गतेदेखि न्यूरो अस्पतालमा उपचारका लागि भर्ना भएका थिए।
स्वास्थ्यमा समस्या देखिएपछि गएको नोभेम्बर २१ मा बेलायत गएका डा. देवकोटा गएको अप्रिलसम्म उतै रहेका थिए। तर त्यहाँ उपचार सम्भव नभएपछि उनी जीवनको अन्तिम क्षण नेपालमै बिताउने र मर्नु परे नेपालमै मर्छु भन्दै गएको वैशाख १५ मा नेपाल आएका हुन्। त्यसयता उनको न्यूरो अस्पतालमा उपचार हुँदै आएको थियो। अस्पतालले जारी गरेकाे विज्ञप्ती अनुसार उनको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि मंगलबार बिहान ८ बजेदेखी १ बजेसम्म न्यूरो अस्पतालमा नै राखिने छ । डा. देवकोटाले वीर अस्पतालबाट मुलुकमा स्नायु शल्य चिकित्साको विस्तार गरेका हुन्। वीर अस्पतालमा न्यूरो सर्जरी विभाग स्थापना गरेका उनले आफू स्वास्थ्य मन्त्री हुँदा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) मा रुपान्तरण गरेका थिए। hello friend please like,comment and share this news thanks for reading hello friend please like,comment and share this news thanks for reading

No comments:

Post a Comment

watch first and then search