watch first and then search

watch first and then search

Tuesday, June 19, 2018

स्वीडिस फुटबल फ्यानमाथि गोली प्रहार, एकको मृत्यु

विश्वकप फुटबल हेरिरहेका स्वीडिस फ्यानमाथि एक बन्दुकधारीले गोली चलाउँदा एक किशोरको मृत्यु भएको छ । स्वीडेनका माल्मोस्थित एक क्याफेमा यो घटना भएको हो । स्वीडेनले अघिल्लो दिन दक्षिण कोरियामाथि विजय हासिल गरेको खेल देखाइरहेको उक्त क्याफेमा पसेर बन्दुकधारीले कम्तिमा २० गोली चलाएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । प्रहरी प्रवक्ता स्टेफन सोडेरहोल्मले १८ वषिर्य किशोर घटनास्थलमै मारिएको पुष्टि गरे ।
यसरी बन्दुक चलाउनुको उद्देश्य अहिलेसम्म पत्ता नलागेको अधिकारीहरुले बताएका छन् । घाइते भएकाहरुमध्ये तीन जनाको अवस्था गम्भीर छ । प्रहरीले अहिले त्यहाँ कुनै थप खतरा नरहेको जनाएको छ । घटनास्थलमा अहिले थुप्रै आपत्कालिन सवारी साधन र प्रहरीहरुको घुईंचो छ । एक प्रत्यक्षदर्शीले स्थानीय समयअनुसार बेलुकी ६ः१५ मा गोली चलेको बताए । घटनास्थल प्रहरी चौकी नजिकै भएकाले प्रहरीहरु तत्काल त्यहाँ पुगेका थिए । स्वीडिस अधिकारीहरुले यो आतंकवादसँग सम्वन्धित घटना नभएको बताएका छन् । hello friend please like,comment and share this news thanks for reading

No comments:

Post a Comment

watch first and then search