watch first and then search

watch first and then search

Saturday, June 9, 2018

श्रीमतीले डिभोर्स माग्दा रिसाएका श्रीमानले श्रीमतीमाथि यसरी चढाए कार – भिडियो सहित !

रुसमा एक श्रीमान्–श्रीमतीको घर झगडा सडकमा छताछुल्ल भएको छ । डेली मेलका अनुसार यो जोडी सडकमा नै कारभित्र झगडा गरिरहेका थिए । झगडा यति बढ्यो कि श्रीमतीले श्रीमानसँग सम्बन्धविच्छेदको माग गरिन् र कारबाट आर्लिन् । श्रीमतीको यस्तो व्यवहारका कारण रिसाएका श्रीमानले उनीमाथि कार चढाउने कोसिस गरे । यो पूरा घटना सिसिटीभी क्यामरामा रेकर्ड भयो । भिडियोमा के छ ? घटना खबरोव्स्क शहरको हो । भिडियोमा एक महिला निलो रंगको कारबाट निस्किएको देख्न सकिन्छ । थोरै बेरपछि त्यही निलो कार यू–टर्न लिन्छ । कार चलाइरहेका ती महिलाका श्रीमान् उनलाई किच्न कोसिस गर्छन् । महिला कारको ठक्करले लड्छिन् । त्यसपछि उनी कम्मरमा हात राखेर हतार हतार उठ्छिन् । यता कार भने सडकको किनारामा रहेको रुखमा ठोक्किन्छ । त्यसपछि महिलाका श्रीमान् कारबाट निस्कन्छन् । महिला भने फुटपाथमा बस्छिन् । स्थानीय मिडियाका अनुसार घटनापश्चात् वरिपरिका मानिसले एम्बुलेन्स र पुलिस बोलाए । त्यसपछि महिलालाई अस्पताल पुर्याइयो । उनलाई सामान्य घाउ भयो । पुलिसले घटनाबारे अनुसन्धान गरिरहेको बताएको छ ।

No comments:

Post a Comment

watch first and then search