watch first and then search

watch first and then search

Wednesday, June 20, 2018

नेपालीले चलाएको कार सिड्नीमा दुर्घटना, श्रीमतीलाई बचाउनुको साटो घाँटी थिच्ने श्रीमानलाई जेल सजायँ…..

आफूले चलाएको कार दुर्घटना भएपछि सँगै रहेकी श्रीमतीलाई बचाउनुको साटो उनको घाँटी थिच्ने एक नेपालीलाई दुई वर्षको जेल सजायँ भएको छ । उनले श्रीमतीको घाँटी यति जोडले थिचेका थिए कि उनको आँखाको रक्तनली नै फुटेको छ भने ओठ निलो भएको छ । दुई सन्तानका पिता दिपक अधिकारीले चलाएको कार सिड्नीको एमवान मोटरवेमा गत मार्च २७ तारिखमा दुर्घटना भएपछि उनलाई सँगै रहेकी श्रीमती पम्फा धितालको घाँटी बेस्सरी थिचिरहेको अवस्थामा भेटिएको थियो । ४६ वर्षे दिपकको कार ट्रकसँग ठोक्किएको डेली टेलिग्राफ रिपोर्टलाई उद्धृत गर्दै डेली मेलले लेखेको छ । दुर्घटनापश्चात् सहयोगका लागि उत्रिएका ट्रक ड्राइभरले अधिकारीले श्रीमतीको घाँटी बेस्सरी थिचिरहेको देखे । धितालको ओठ निलो भइसकेको देखेर ती ट्रक ड्राइभरले अधिकारीको हात बेस्सरी हटाए त्यतिबेलासम्म धिताल बेहोस भइसकेको डेली मेलेले बताएको छ । धिताललाई तुरुन्त अस्पताल पुर्याइएको छ । सास नलीमा बाहिरी अवरोधका कारण उनको देब्रे आँखामा रक्तश्राव भएको छ । सिड्नीको हर्नस्बाई हाइटमा पिज्जा पसल चलाउने अधिकारीविरुद्ध श्रीमतीलाई नियतवश घाँटी थिचेको र जथाभावी गाडी चलाएको भनी मुद्दा दर्ता गरिएको छ । यद्यपी, अधिकारीले भने श्रीमतीमाथि कुनै पनि हमला बारे आफूलाई थाहा नभएको बताएका छन् । उनलाई दुई वर्षको जेल सजायँ तोकिएको छ ।

No comments:

Post a Comment

watch first and then search