watch first and then search

watch first and then search

Sunday, June 3, 2018

ट्रेलरबाटै व्यापक चर्चामा आएको फिल्म ‘संजु’ को पहिलो गीत सार्वजनिक (भिडियोसहित)

मुम्बई, २० जेठ ।यस बर्षको बहुप्रतिक्षित बलिवुड फिल्म ‘संजु’ को पहिलो गीत सार्वजनिक गरिएको छ । सोनु निगम र सुनिधि चौहानले गएको सो गीतमा संजय दत्तको अभिनय गरेका रनबीर कपुर र सोनम कपुरले अभिनय गरेका छन् । ‘मै बढिया तु भि बढिया’ शिर्षकको सो गीतलाई पुनीत शर्माले लेखेका हुन् भने संगीत रोहन- रोहनको रहेको छ । अभिनेता संजय दत्तको जीवनीमा आधारित फिल्म संजुको यस अघि ट्रेलर सार्वजनिक गरिएको थियो, जसलाई दर्शकले अत्यधिक मन पराएका छन् । ट्रेलरमा संजय दत्तको जीवनमा घटेका प्रमुख घटनालाई समेट्ने प्रयास गरिएको छ । जेल जीवन, प्रेम र सफलतालाई समेट्दै ट्रेलर तयार गरिएको छ । संजय दत्तको भूमिकामा रणवीर कपुरले उत्कृष्ट अभिनय गरेको देखिन्छ । ट्रेलरमा संजय दत्तले आफ्ना पिता सुनिल दत्तसँग रिसाएर पहिलो पटक ड्रग्स लिएको, दोस्रो पटक आफ्नी आमा नर्गिसको मृत्यु हुदा ड्रग्स लिएको अनि त्यसपछि ड्रग्सको लतमा पारेको देखाइएको छ । ट्रेलरमा संजय दत्तले आफु ड्रगिस्ट भएको तर टेरोरिस्ट नभएको बताएका छन् । ट्रेलरमा संजय दत्तले आफ्ना ३५० गर्लफ्रेन्डसँग सम्बन्ध राखेको उल्लेख गरेका छन् । यस फिल्मले संजय दत्तको जीवन, संघर्ष, जेल जीवन, विवाद, प्रेम आदिलाई रोचक किसिमले समेटेको सजिलै अनुमान लगाउन सकिन्छ । रणवीर कपुरका अलवा फिल्ममा अनुष्का शर्मा, सोनम कपुर, मनिषा कोइराला, परवेश रावल, विक्की कौशल, दिया मिर्जा लगायतका कलाकारले अभिनय गरेका छन् । राजकुमार हिरानीले निर्देशन गरेको यस फिल्म आगामी जुन २९ मा रिलिज हुदै छ ।

No comments:

Post a Comment

watch first and then search