watch first and then search

watch first and then search

Thursday, June 7, 2018

पतिले मृगौला दिएपछि दिलुमायाले पाइन नयाँ जीवन -

पथरी । जब प्रेम जोडी एकअर्कामा सङ्गै मर्ने, सङ्गै बाँच्ने कसम खादै आकाशको तारा समेत र्झादिने सपना देखाउँछन् । त्यसपछि नयाँ दुला दुलाही भएर विवाहमा परिणत हुन्छ । तव एउटा सानो घर परिवारको सुरुवाती हुन्छ । कतिको सम्बन्ध सुरूमा नै टुटेर जान्छ । कतिको सुन्दर परिवार, सुखमय परिवार हुने गर्छ ।
सुन्दा कुनै चलचित्रकाे कथा झै लाग्ने आधारीत छन् एउटा जोडीको जुन पतिले आकाशको तारा र्झान नसके पनि आफ्नो एउटा मुगौँला दिएर आफ्नो पत्निलाई नयाँ जीवन दिएको छ । कानेपोखरी गाउँपालिका वडा नं. ४ स्थीत नारायण चौकका सुरेश गुरुङले लामो प्रयास पछि आफ्नो एउटा दाहीने मुगौला मृत्य्ुको शैयामा छटपटाई रहेकी आफ्नो पत्नि दिलुमाया गुरुङलाई दिएर नयाँ जीवन दिएका छन् । यस्तो कार्यले सँगे सुरेश गुरुङ एक सफल श्रीमान रुपमा समाजमा स्थापीत हुने भएको छ । यस्तो कामको गाउँमा निकै चर्चामा छ । पति भनेको यस्तो पो हुनु पर्छ त । उनिहरु दुवै जना सम्पूर्ण काम सकेर सोमबार सहिद धर्मभक्त प्रत्यारोपन केन्द्र भक्तपुरबाट डिस्चार्ज भएका छन् । लगभग दुई बर्षअघि देखि दम्पती डेरा लिएर उपचारकै लागी काठ्माडौ बस्दै आएका थिए । उपचार पछि पनि दिलुमायालाई दैनिक चेक गर्न हस्पिटल लानु पर्ने भएकोले अबको ४ महिना पछि मात्र घर फर्किने छौँ पति सुरेशले फोनबार्तामा बताए । अहिले सम्म १६ लाख खर्च भैसकेको र अव चार महिना सम्म चेक गर्नमात्र ५ लाख लाग्ने उनले बताए । सुरुमा ३१ बर्षिय दिलुमायाको दुवै मृगौला खराब भएको थाहा पाए पछि मृत्यु पर्खी रहेकी आफ्नो छोरीलाई आमा विष्णुमाया गुरुङले एउटा मृगौला दिने निर्णय गरिन । मृगौला दिने भएपछि आमाको क्रशम्याज गर्न हस्पिटलमा तीन महिना लाग्यो । क्रसम्याज पछि मुगौलाको आकार सानो देखिएपछि फिट नहुने रिर्जल्ट आएपछि गुरुङ परिवारमा निराश छाएको थियो । त्यसपछि श्रीमान सुरेशले फिट भएमा एउटा मृगौला दिने निर्णय गरे । सुरेशको क्रशम्याज सुरु भएको ६ महिना पछि फिट हुने (मिल्ने) रिर्जल्ट आएपछि गुरुङ परिवारमा सुशी छाँएको थियो । क्रसम्याजको समयमा धेरै दवै खानु पप्र्यो सारै दुःखले मिल्यो खुशी लागेको छ । उनी छ र पो म हुन्छु । यदी उनि नै यो संसारमा भइन भने मरो पनि के अर्थ दुःख पोख्दै सुरेश बताउँछन् । उनले भने–‘मलाई यो दुःखमा परिवार छरछिमेकीहरुबाट राम्रो सपोट र सहयोग भएको छ, यो गुण म तिरेर तीर्न सक्दिन होला ।’ कानेपोखरी गाउँपालिका वडा नं. ४, स्थीत नारायण चौमा स्थापीत श्रीमातृभूमि समाज सेवा क्लबको फेसबुक पेजबाट आर्थिक सहयोग गरिदिन माग गरेको थियो । क्लबले आर्थिक संकलन समिति निमार्ण गरी आर्थिक संकलनमा जुटेका थिए । दुवै मृगौला खराब भएका दिलुमाया गुरुङको नाममा आर्थिक संकलन समितिले अभियान नै चलाएर लगभग ७ लाख भन्दा बढी रकम संकलन गरी पीडितलाई बुझाएका थिए । पीडित दिलुमाया गुरुङ बचाउन कानेपोखरी ७ का युवा संञ्जीव गुरुङको पहलमा जम्मा ४ लाख ४७ हजार,३ सय ३२ रुपैया सहयोग संकलन भएको थियो । प्रदेश नम्बर १ तमुसमाज हङकंङको कोषाअध्यक्ष बिष्णु गुरुङबाट १ लाख ७५ हजार ९ सय ६९ रुपैया, कानेपोखरी गाउँपालिका–समाज हङकंङका संयोजक देव नन्द गुरुङबाट १ लाख ६१ हजार ३ सय ६३ रुपैया, हाल हङ्कंङमा रहेका देव नन्द गुरुङ कानेपोखरी–७, अरुण राई सुन्दर हरैचा मोरङ र काठ्माडौँका जीवन गुरुङले हङकंङमा ‘दिलमाया गुरुङ बचाऊ अभियान’ अन्तरगत अभियान चलाएर जनवरी १४ मा ‘मिस्टर झोले’ नेपाली फिल्म प्रर्दशन गरी संकलन गरेको १ लाख रुपैया पीडित दिलुमायालाई सयोग गरेका छन् । सहयोग गर्नेहरु नारायण चौक र खोरियाबाट बैदेशीक रोजगारका लागी विदेश गएका लगभग ५० जनाबाट आर्थिक सहयोग भएको थियो । यसैगरी दवईबाट भूपेन्द्र लिम्बूको संयोजनमा नेपालीहरुबाट संकलन गरी रु २८ हजार, साउदीबाट सुविन राईको संयोजनमा नेपालीहरु संकलीत रु २९१४५ र कानेपोखरी ४, मिलन चौक निवासी जीवन गुरुङबाट ५० हजार रुपैया सहयोग सहित जम्मा ७ लाख भन्दा बढी रकम संकलन भएको थियो । – source:-nepali news

No comments:

Post a Comment

watch first and then search