watch first and then search

watch first and then search

Friday, June 8, 2018

कांग्रेसले संसद छाड्ने धम्की दिएपछि निलम्बन शब्द हटाइयो

काठमाडौं, २५ जेठ । कांग्रेसले संसद छाड्ने चेतावनी दिए पछि फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुने विषयमा मध्यमार्गी बाटो रोजिएको छ । त्यस्ता सांसदलाई स्वतह निलम्बन गर्ने पक्षमा नेकपा थियो भने कांग्रेस र फोरम विपक्षमा । लामो समय देखिको समाधान शुक्रवार समाधान भएको छ । शीर्ष नेताहरुसँगको छलफलपछि निलम्बन भन्ने शब्द नराखी समितिले पेश गरेको मस्यौदा नै संसदका दुवै सदनमा पेश हुने भएका हो । फौजदारी अभियोग लागेका सांसद स्वतः निलम्बन हुने प्रावधानसहित प्रतिनिधिसभा र राष्ट्रियसभा निमायवली पारित गर्न खोजिए संसद छाड्ने चेतावनी कांग्रेसले दिंदै आएको थियो । कांग्रेसको त्यस्तो चेतावनीपछि सभामुख कृष्णबहादुर महराले मध्यमार्गी बाटो रोजेका छन् । फौजदारी अभियोग लागेर पक्राउ परेपछि सांसदको हैसियतमा काम कारबाही गर्न नपाउने र सेवा–सुविधा पनि नपाउने प्रावधान राखेर मस्यौदा बनाइएको थियो । तर तत्कालीन नेकपा एमालेका सांसदहरुले नैतिक पतन हुने अभियोग लागेर पक्राउ परेपछि सांसद पद स्वतः निलम्बन हुनुपर्ने भन्दै संशोधन हालेका थिए । तत्कालीन एमालेले हालेको सो संशोधन प्रस्तावमा कांग्रेस र फोरमले विरोध गर्दै आएका जिए । यसबीचमा सभामुख कृष्णवहादुर महराले सत्तापक्ष र विपक्षी दलका शीर्ष नेतासँग पनि सहमतिको प्रयास गरेका थिए । कांग्रेसले संसदनै छाडेर हिड्ने अडान लिएपछि निलम्बनको प्रावधान नराखी नियमावली पारित गर्ने सहमति भएको जनाइएको छ । दलहरुबीच सहमतिपछि लामो समयदेखि संसद्मा अड्किएको संसद् नियमावली आज पेश हुँदैछ ।

No comments:

Post a Comment

watch first and then search