watch first and then search

watch first and then search

Wednesday, June 27, 2018

सिक्टा सिँचाइको नहर अलपत्र, साउदीले दियाे रकम रोक्ने चेतावनी...आखिर किन गर्‍यो एस्तो साउदीले ???? पुरा पढ्नुहोस्।



बाँके, १३ असार । बाँकेमा निर्माणाधीन सिक्टा सिँचाइ आयोजनामा ठेकेदारले काम नगरेपछि साउदी विकास कोषले सहयोग रोक्ने चेतावनी दिएको छ।साउदी विकास कोषले सिक्टाको डुँडुवालगायत शाखा नहरका लागि दुई अर्ब ४१ करोड रुपैयाँ सहुलियत ऋण उपलब्ध गराउन अर्थ मन्त्रालयसँग सम्झौता गरेको छ।

सोही रकमबाट सिक्टा सिँचाइ आयोजनाले पहिलो चरणमा २३ किलोमिटर शाखा नहर निर्माण गर्न कोस्टाल पप्पु कन्स्ट्रक्सनसँग ९८ करोड रुपैयाँमा ठेक्का सम्झौता गरेको थियो। ठेकेदारले तोकिएको समयमा निकै कम काम गरेपछि साउदीले सहयोग रोक्ने चेतावनी दिएको ऊर्जा, सिँचाइ तथा जलस्रोत मन्त्रालय स्रोतले जानकारी दिएको हो।

‘२३ किमि शाखा नहर निर्माणको ठेक्का पाएको कोस्टाल पप्पु कन्स्ट्रक्सनका सञ्चालक सुमित रौनियार संघीय समाजवादी फोरमका सांसद हरिनारायण रौनियारका छोरा हुन्। ठेकेदारका बाबु सत्तारूढ दलका संसद् सदस्य भएकाले कारबाही गर्न कर्मचारी तहमा गाह्रो भइरहेको छ।’ बाँकेको डुँडुवा क्षेत्रमा शाखा नहर निर्माण गर्न दुई वर्षअघि पप्पु कन्स्ट्रक्सनले अनुमानित लागतभन्दा ४८ करोड रुपैयाँ तल झरेर ठेक्का सम्झौता गरेको थियो। २३ किलोमिटर लामो शाखा नहर निर्माण गर्न एक अर्ब ४६ करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको थियो। तर पप्पुले ९८ करोड रुपैयाँमा सम्झौता गरेको थियो। ठेक्का लिएको दुई वर्ष बितिसक्दा पनि निर्माण कार्य अघि नबढेपछि साउदीले रकम रोक्ने चेतावनी दिएको हो। सिक्टा सिँचाइ आयोजनाका सूचना अधिकारी प्रकाश केसीका अनुसार सम्झौता सकिन चार महिना बाँकी हुँदासम्म पप्पुले शाखा नहर कुल निर्माणको ५ प्रतिशतमात्र काम गरेको छ। नागरिकमा खबर छ

No comments:

Post a Comment

watch first and then search