काठमाडौं । चाइना आज छ भोली छैन भन्ने उखान विश्वभर प्रचलित छ । नक्कली र सक्कली सबै ब्राण्डमा खेल्न सक्ने चीनका लागी धेरै असम्भव कुराहरु पछिल्लो समय सम्भव हुँदै गएका कैयन उदाहरणहरु छन् । चाइनाले असम्भव कुरालाई सम्भव बनाइदिएको पछिल्लो उदाहरण हो निर्माणधीन वुसान विमानस्थल ।
१ अर्ब ६४ करोड युआन अर्थात १९१।४ मिलियन अमेरिकी डलरमा बन्न लागेको यो विमानस्थल समुन्द्री सतहबाट पाँचहजार नौ सय फिट अग्लो पहाडको टुप्पो काटेर नयाँ विमानस्थल निर्माण गरिराखिएको बिबिसीले जनाएको छ ।

बिबिसीका अनुसार चिनियाँ कामदारहरुले नयाँ विमानस्थल निर्माण गर्न एउटा पहाडै काटिदिएका छन् । चोङक्विङका कामदारहरुले समुन्द्री सतहबाट पाँचहजार नौ सय फिट अग्लो पहाडको टुप्पो काटेर नयाँ विमानस्थल निर्माण गरिरहेको देख्न सकिन्छ । जुन तस्विर र भिडियोले पनि अहिले चर्चा पाइरहेको छ ।
चोङक्विङ शहरभन्दा १५ टाढा ताहुवा पहाडको टुप्पामा अवस्थित यो विमानस्थल निर्माणको लागि पर्याप्त ठाउँ नभएपछि कामदारहरुले विष्फोटक पदार्थको प्रयोग गरेर ताहुवा पहाडको टुप्पो नै उडाएर निर्माणधिनको काम भइरहेको अन्तराष्ट्रिय समाचार स्रोतहरु बताउँछन् ।
No comments:
Post a Comment