watch first and then search
watch first and then search
Sunday, June 3, 2018
दोहोरीले फेरी इतिहास रच्यो युटुब ट्रेडिङमा,फेरी पुस्कल शर्माको बर्चस्सो “पीडाको राजधानी”
लोकप्रिय गायक पुष्कल शर्माले अभिनय गरेको लोकदोहोरी गीत “पिडाको राजधानी”क्रमस अगाडी बढ्ने क्रममा ट्रेनिङको ३८ औ नम्बरमा आएको छ।बियोगान्त गीत संगीतको एकाधिकार जमाउन सफल रहेका गायक तथा मोडल पुस्कल शर्माको नयाँ गीत ‘पिडाको राजधानी’ केहि दिन अगाडी बजारमा आएको हो।शर्माले खेलेका र गायका अधिकांश गीतहरु ट्रेनिङमा आउन थालेको छ।
लामो समयदेखी आफ्नो गीतमा सिर्जना, गायन र अभियन समेत आफैँ गर्दा आएका शर्माको यस पटकको गीतमा भने अभिनय मात्र रहेको यस गीतको चर्चा सार्वजनिक हुनु अगावै सुरु भएको छ।यस अघि सार्वजनिक भएको उनको फ्यान गीत सर्वप्रथम युट्युवको टे«डिङ्ग नम्बर १ मा आएको लोक गीत हो ।
यस गीतलाई मन्दीर म्युजिक कम्पनीले बजार व्यवस्थापन गरेको छ । गणेश अधिकारी र विष्णु माझीले स्वरबद्ध गरेको यस गीतको अभिनयमा पुस्कल शर्मा र अनु श्रेष्ठलाई देख्न सकिन्छ ।
नलाउ झुठो पिरती ३ मा संग्रहित गरिएको यस गीतको शब्द सुनिल केसीको हो भने संगीत गणेश अधिकारीको हो । हाल गीतको सम्पादनमा व्यस्त रहेका सम्पादक दिपक विष्ट यो गीतले एक पटक फेरी तहल्का पिट्ने बताउँछन् । अजय रेग्मीले छायाँकन गरेको यो भिडियोको निर्देशन भने काजिश श्रेष्ठले गरेका छन् ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment