ॐ नमो भगवते वासुदेवाय । सच्चिदानन्दरुपाय विश्वोत्पत्यादि हेतवे । ताप त्रय विनाशाय श्रीकृष्णाय वयम् नुमः ।पञ्चाङ्ग÷वारवेला,मुहूर्त र राशीश्रीसूर्य उत्तरायण,ग्रीष्म ऋतु,विरोधकृत् नाम संवत्सर,शाके १९४०,सम्वत २०७५ साल आषाढ५गते भौमबार नेपाल सम्बत ११३८ तछलाथ्व,सन् २०१८ जून१९ तारिक शुद्ध जेष्ठ शुक्लपक्ष षष्ठीतिथि दिवा११वजेर ५१ मिनेटसम्म,मघानक्षत्र प्रातः८ वजेर ७मिनेटसम्म,वज्रयोग,तैतिलकरण,आनन्दादियोग काल,सूर्य मिथुनराशीमा,चन्द्रमा सिंह राशीमा ।
ॐः–राहुकालः–दिवा३÷३३वजेबाट५÷१७वजेसम्म रहनेछ,यमघण्टायोगः–प्रातः८÷३७ वजेबाट १०÷२१ वजेसम्म रहनेछ, दूरमुहूर्तः–प्रातः७÷५५ वजेबाट ८÷५१ वजेसम्म र राती ११÷४ वजेबाट १२÷० मिनेटसम्म रहनेछ,यी अशुभ मुहूर्त मानिन्छ । शुभ अभिजित मुहूर्तः–पूर्वान्ह ११÷३७ वजेबाट मध्यान्ह १२÷३३वजेसम्म रहनेछ,गुली कालः–दिवा१२÷५ वजेबाट १÷४९वजेसम्म रहनेछ, यो सामान्य मानिन्छ ।
ॐः–सूर्योदयबाट प्रातः ६÷५३ वजेसम्म रोगवेला,६÷५३ वजेदेखि ८÷३७वजेसम्म उद्वेगवेला,८÷३७ देखि १०÷२१ वजेसम्म चरवेला,१०÷२१ देखि १२÷४ वजेसम्म लाभ वेला,१२÷४ देखि १÷४८ वजेसम्म अमृतवेला,१÷४८ देखि ३÷३२ वजेसम्म कालवेला,३÷३२ देखि ५÷१६ वजेसम्म शुभवेलार ५÷१६ वजे देखि सूर्यास्तसम्म रोगवेला रहनेछ ।
ॐः–सूर्यास्तबाट ८÷१७ वजेसम्म कालवेला,८÷१७ वजेदेखि ९÷३३ वजेसम्म लाभ वेला,९÷३३ देखि १०÷४९वजेसम्म उद्वेगवेला,१०÷४९ देखि १२÷५ वजेसम्म शुभ वेला,१२÷५ देखि १÷२१ वजेसम्म अमृतवेला,१÷२१ देखि २÷३७वजेसम्म चरवेला,२÷३७ वजे देखि ३÷५३ वजेसम्म रोग र ३÷५३वजे देखि सूर्योदयसम्म कालवेला रहनेछ । “जीवानां जगताम् चैव सर्जक पालक प्रभु । वरद सुखदो नित्यम् सर्वान् रक्षतु सर्वदा । ॐशान्ति ॐशान्ति ॐशान्ति” ।
मेष
योजना बनाएर काम गर्नु होला । काम गर्दा बाहिरी प्रभाव बढि पर्न सक्छ । अरुको भर विश्वासमा काम नगर्नु होला । व्यापार व्यवसायबाट उचित प्रतिफल नमिल्न सक्छ । नोकरी र राजनीतिमा भने केहि राम्रो देखिन्छ ।
बृष
काम गर्ने जोश जागर घट्नेछ । सोचाई बढि काम कम हुनेछन् । गरेका काममा आलोचना धेरै हुन सक्छ । घरयासी समस्याले सताउने छ । व्यापार व्यवसायमा मन्दि आउने छ । धन माल हराउन सक्छ ।
मिथुन
काममा स्थायीत्व दिनु पर्ने देखिन्छ । कार्य क्षमता बढ्ने छ । उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्ने छ । आशाका अङ्कुर पलाउने छन् । आर्थिक कारोवारमा भने चनाखो रहनु होला ।
कर्कट
आफन्तबाट सहयोग पाईनेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । व्यवसायमा लगानी नबढाउनु होला । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन । अन्योललाई चिरेर अगाडि बढ्नु पर्ने देखिन्छ ।
सिंह
शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने छ । मनोरञ्जनमा बढि ध्यान जान सक्छ । साना तिना चुनौतिसँग डराईने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानीम हुनेछ । बाहिरी सम्बन्धमा सुधार आउने छ ।
कन्या
काम गरेर अरुलाई कमाई दिने मात्र हुनेछ । अनावस्यक विषय बस्तुमा विवाद पर्न सक्छ । व्यापार व्यवसायमा गिरावट आउने छ । आवेगमा आएर कुनै पनि निणर्य नगर्नु होला । व्यर्थको फिराई हुनेछ ।
तुला
आय आर्जनका दृष्टिले आजको दिन उपलब्धिपूर्ण नै मान्नु पर्दछ । सामाजिक प्रतिष्ठा बढ्ने छ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । परिवारबाट सहयोग पाईने छ । व्यापारबाट आम्दानी बढ्ने छ ।
बृश्चिक
भाग्यका साथै कर्म पनि बलियो देखिन्छ । आर्थिक कारोवारमा भने सतर्क रहनु होला । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ,आएको अवसरलाई नगुमाउनु होला । पढाई लेखाईमा प्रगति हुनेछ ।
धनु
बाहिरी काममा बढि समय दिदा हुनु पर्ने काम हुने छैनन । यात्राबाट सामान्य लाभ हुनेछ । अर्थ अभावका कारण काममा ढिला सुस्ति हुनेछ । आस्था र विश्वास भने बढ्नेछ । व्यापारमा आएको मन्दि कायम नै रहने छ ।
मकर
दैनिक काम काजमा अवरोध आउन सक्छ । काम गर्ने जोश जागर पनि घट्नेछ । परिवारमा मनमुटाव बढ्न सक्छ । व्यापार व्यवसायमा मन्दि आउने छ । आवेगमा आएर काम नगर्नु होला । स्वास्थ्य कमजोर हुनेछ ।
कुम्भ
आशा गरे अनुरुपको सफलता कम मिल्नेछ । स्वव्यवसायबाट आय आर्जन बढ्नेछ । साथि भाई तथा इष्ट मित्रबाट सामान्य सहयोग पाईने छ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न ।
मीन
कार्य सम्पादनाम कठिनाइ आउन सक्छ,मेहनत नगरी काम बन्ने छैनन । कार्य गोपनियता आवस्यक देखिन्छ । बाहिरी काममा मन जानेछ । व्यापार व्यवसायमा भने विस्तारै सुधार आउने देखिन्छ ।
hello friend
please like,comment and share this news
thanks for reading
No comments:
Post a Comment