watch first and then search

watch first and then search

Monday, June 18, 2018

अरुको घरमा लुगा धोएर, भाडा माझेर डाक्टर बनेकी भावना तामाङसंगको प्रेरणादायी अन्तर्वार्ता हेर्नुहोस (भिडियो)

‘डाक्टर भावना, नमस्ते ।’ चप्पल, जिन्स पाइन्ट र निलो टिसर्ट लगाएर बौद्धगेटमा सिमसिमे पानीमा रुझ्दै उभिरहेकी उनलाई मैले नमस्कार गरेँ । उनले पुलुक्क हेरिन् र लगत्तै मुस्कुराउँदै नमस्कार फर्काइन् । बौद्ध स्तुपाको नजिकै दक्षिणमा रहेको खाजाघरको तेस्रो तलामा उक्लियौँ, हामी । जोरपाटी बस्दै आएकी उनको अनुहारमा कुनै मेकअप थिएन । ‘नेचुरली ब्युटी’ थिइन्, उनी । तर, दाँतलाई भने टम्म तारले बाँधेकी थिइन् । ‘डेन्टिस्ट’ बनेपछि आफ्नो दाँतको आफैंले उपचार गर्नु भएको हो ?’ मैले उनलाई सोधेँ । हाँस्दै भनिन्, ‘होइन नि, आफैँले त गाह्रो हुन्छ । दाँत पूरै पूर्वपश्चिम, उत्तरदक्षिण फर्किएको थियो । यसलाई मिलाएकी मात्रै,’ उनको हाँसोले कोठा थर्कियो । हाँस्दा उनको मुहार चम्किएको थियो । म चाहन्थेँ, उनले जीवनका तमाम गल्छेंडाहरूको कथा यसैगरी हाँसेरै सुनाउन् । ‘हामी पत्रकार, खासमा दुःखमा साथ दिनभन्दा दुःखका खाटाहरूलाई कोट्याउँछौँ मात्र,’ मैले सुस्तरी भनेँ । उनी तुरुन्तै गम्भीर भइन् । ‘पत्रकारिता त्यस्तै मात्रै त होइन होला है ?’ उनले हाँस्दै भनिन् । हामीले अर्डर गरेको खाजा आइपुग्यो । खाँदै गफिन थाल्यौँ । बाहिर पानी दर्किरहेकै थियो । झ्यालबाट विमानस्थल छेउको डाँडा देखिन्थ्यो । बाँकी सबै सिमेन्टीको जंगल । त्यही सिमेन्टीको जंगलमा अनगिन्ती दुःख र अभावका भेलबाढी बेहोर्दै हुर्केकी थिइन्, उनी । यो शहरमा दुःख के हो ? भोक कस्तो हुन्छ ? अभाव के हो ? पुस, माघको जाडो कस्तो हुन्छ ? सबै उनले पनि बेहोरेकी थिइन् । आमाको पछिपछि ‘हाम्रो खास घर सिन्धुपाल्चोक ज्यामिरेमा हो रे,’ उनले आफ्ना कथाहरू भन्न शुरु गरिन् । २४ वर्षअघि उनी काठमाडौंमै जन्मिइन् । उनीपछि दुई वटी बहिनीहरू जन्मिए । बाबु ज्यामी काम गर्थे । आमा (मीना तामाङ) अरूको घरमा काम गर्थिन् । बौद्ध नयाँबस्ती क्षेत्रका कयौं घरमा उनकी आमाले भाँडा माझेकी छिन्, लुगा धोएकी छिन्, भारी बोकेकी छिन् । गल्ली गल्लीमा अरूको रक्सी बोकेर पुर्‍याएकी छन् । सानोमा उनी पनि कयौंपटक आमाको पछिपछि हिँडेकी छिन् । ‘एक जर्किन रक्सी पुर्‍याएवापत आमाले पाँचदेखि १० रुपैयाँसम्म पाउनुहुन्थ्यो,’ उनले झ्यालतिर हेर्दै सुनाइन् । कान्छी बहिनी जन्मिएपछि घरमा कलह शुरु भयो । बुवाले रक्सी खाएर आमालाई रुवाउने गरेको दृश्य उनको आँखामा आज पनि ताजै छ । ‘झगडाको मूल कारण छोरी मात्रै जन्मिए भन्ने थियो,’ उनले ती दिन सम्झिइन् । बाँकी भिडियो हेर्नुहोस :

No comments:

Post a Comment

watch first and then search