watch first and then search
watch first and then search
Monday, June 18, 2018
यसरी बनेको थियो नेपालको हजारौं हेक्टर जमिन डुबाउने गरी कोशी ब्यारेज (दुर्लभ भिडियो)
काठमाडौं । सप्तकोशीमा बनाइएको बाँधलाई कोशी ब्यारेज भनिन्छ । नेपाल–भारत सीमाक्षेत्रमा बनाइएको उक्त बाँधको ढोका भारतको इच्छा अनुसार खोल्ने र बन्द गर्दा नेपाल तर्फ लाखौं जना प्रभावित हुने गरेका छन् ।
सुनसरी र सप्तरी जिल्लाको बीचमा बनेको उक्त ब्यारेजको ५२ वटा ढोका रहेका छन् । जुन बर्खामा भारतको इच्छा बमोजिम ढोका खोल्ने र बन्द गर्ने परिपाटीले उक्त जिल्लाका हजारौं हेक्टर जमिन डुबानमा पर्ने र बस्ती नै जोखिममा पर्दै आएको छ । तर, नेपालीहरुलाई आवतजावतमा सहजता भने दिएको छ ।
सन् १९५८ देखि १९६२ सम्म सयम लगाएर बनाइएको सो बाँध निर्माण गर्न भारतबाट हजारौ मानिसहरु नेपाल आएका थिए। कोशी ब्यारेज निर्माणको शिलान्यास राजा महेन्द्र वीरविक्रम शाहबाट भएको थियो भने तत्कालिन भारतीय प्रधानमन्त्री जवाहर नेहरुको समेत उपस्थिति थियो। कोशी ब्यारेज निर्माणमा दश लाख जनशक्ति खटिएका थिए।
हेर्नुहोस उक्त समयको दुर्लभ भिडियो :
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment