watch first and then search

watch first and then search

Thursday, June 7, 2018

देउबालाई सरकारी ढुकुटीबाट आफ्ना मान्छेलाई पैसा बाँडेको भन्दै ब्यंग्य गर्ने ओली पनि उस्तै, ओली सरकारले ३ महिनामै बाँड्यो १ करोड

काठमाडौं, २४ जेठ । सरकारले उपचार खर्च र आर्थिक सहायताका नाममा ३ महिनामा १ करोडभन्दा बढी रकम बाँडेको छ । आजको कारोबारको दोस्रो पृष्ठमा समाचार छ । प्रधानमन्त्रीमा केपी शर्मा ओली नियुक्त भएयता मन्त्रिपरिषद् बैठकमार्फत् १ करोडभन्दा बढी आर्थिक सहयोग बाँडिएको हो । कतिपय सहयोग लैंगिक हिंसा, बलात्कारका घटनामा पीडित बनेका , विभिन्न आन्दोलनका घाइते तथा अंगभंग भएकाको जीविकोपार्जनका लागि उल्लेख गरिए पनि बाँकी सहयोग पहुँच र प्रभावका आधारमा बाँडिएको हो । यो अवधिमै सरकारले एमाले नेता तथा पूर्वसभामुख सुवास नेम्वाङका लागि सवारी, निजामतीका चालक र इन्धनबापतको मासिक रकम दिने निर्णण् मन्त्रिपरिषदबाट अनुमोदन गराएको छ ।

No comments:

Post a Comment

watch first and then search