watch first and then search

watch first and then search

Tuesday, June 26, 2018

जापान संगको खेलमा रातो कार्ड खाँदै बाहिरिएका कोलम्बियन टिमका मिडफिल्डर कार्लोस सान्चेजलाई मारिदिने धम्की



कोलम्बियन टिमका मिडफिल्डर कार्लोस सान्चेजलाई मारिदिने धम्की आएको छ । विश्वकप समूह चरणको खेलको सुरुवातमै डिएरियाभित्र जापानी खेलाडीले हानेको बल हातमा लागेपछि रातो कार्ड खाँदै बाहिरिएका उनलाई सामाजिक सञ्जालमार्फत धम्की आएको हो ।



जापानसँगको खेल कोलम्बियाले २-१ ले हारेको थियो । लगभग पूरा समय १० खेलाडीमा सीमित भएर खेल हारेपछि कोलम्बियन समर्थक भड्किएका थिए ।

कोलम्बिया त्यही देश हो, जहाँ सन् १९९४ को विश्वकपमा अमेरिकाविरुद्ध आत्मघाति गोल गरेका डिफेन्डर आन्द्रेस एस्कोबार त्यसको १० दिनपछि मारिएका थिए । कोलम्बियाले आˆनो दोस्रो खेलमा पोल्याण्डलाई ३-० ले हरायो । प्रशिक्षक जोस पेकरम्यानसहित सबै खेलाडीले पोल्याण्डविरुद्धको जित कार्लोस सान्चेजलाई समर्पित गरेका छन् ।



‘सान्चेज एकदमै अप्ठ्यारो समयमा छन् । हामी यो जित उनीसँग बाँड्न चाहन्छौँ । हामी टिमका सबैको उही विचार छ’ पेकरम्यानले भने, ‘धम्कीका विषयमा हामीले केही थाहा पाएका छौँ । तर यही कुरा हो भन्न सक्ने स्थिति छैन ।’



सान्चेजलाई आएको धम्कीलाई लिएर प्रहरीले पनि अनुसन्धान थालेको छ । धम्कीका कारण खेलाडीहरुको मनोबलमा असर परेको प्रशिक्षक पेकरम्यानले बताएका छन् । ‘यस्ता कुराहरुलाई सामान्य रुपमा लिनु हुँदैन । हामीले जति बुझेका छौँ त्यो भन्दा ठूला घटना फुटबलमा भएका छन् । यो कुरा अति नै पीडादायि छ’ उनले भने ।

No comments:

Post a Comment

watch first and then search