watch first and then search

watch first and then search

Friday, June 8, 2018

‘पैसा कमाउने र पीआर पाउने सोच बनाएर नआउनुस्’

काठमाडौं — उच्च शिक्षाका लागि अस्ट्रेलिया आउने विद्यार्थीले प्रारम्भिक सल्लाह र सुझाव नै गलत पाउँछन् । विद्यार्थीहरूलाई किन र के उद्देश्यले यहाँ आउने, थाहै हुँदैन । अभिभावकहरूले पनि आवश्यकताभन्दा धेरै अपेक्षा राख्ने गरेको पाइन्छ ।
नेपालका कन्सल्ट्यान्सीहरूले जुन किसिमको सल्लाह र सुझाव दिन्छन्, त्यो यहाँको समय र परिस्थिति सुहाउँदो नै हँ‘दैन । त्यसले विद्यार्थीलाई आफ्नो उद्देश्य निर्धारित गर्न सहयोग गर्दैन । विद्यार्थीहरूले अस्ट्रेलिया किन आउने सुरुमै निक्र्याैल गर्नुपर्छ । कन्सल्ट्यान्सीलाई थाहा नभएको कुराको गलत परामर्श दिनु हँ‘दैन । अर्काको भविष्य आफ्नो व्यवसायका लागि बिगारिदिन त भएन नि ? नेपाली विद्यार्थीको संख्या तेस्रो स्थानमा छ तर, अन्य देशका विद्यार्थीले अध्ययन सकेपछि जुन किसिमको अवसर र करिअर पाएका छन्, त्यो नेपालीले पाएका छैनन् । त्यसैले पनि नेपाली विद्यार्थीले आउनुअघि आफ्नो उद्देश्य प्रस्टसँग बुझ्न आवश्यक छ । विद्यार्थीहरूले यहाँको अवसर र चुनौतीबारे जानकारीसमेत राख्न सक्नुपर्छ । अध्ययन गर्न लागेको विश्वविद्यालय टप गर्ने सोचका साथ आउनुपर्छ । यहाँ अवसर धेरै भए पनि पैसा कमाउने र पीआर पाउने मात्र सोच बनाएर आउनु गलत हो । यसरी नआउँदा नै राम्रो हुन्छ । अस्ट्रेलियामा विद्यार्थीहरूको भविष्य उज्ज्वल भए पनि उनीहरूको आफ्नै उद्देश्यविहीनता, अभिभावकहरूको ज्यादा अपेक्षा र कन्सल्ट्यान्सीहरूको गलत सल्लाहले समस्या आइरहेको छ ।

No comments:

Post a Comment

watch first and then search