watch first and then search

watch first and then search

Thursday, June 21, 2018

भाडामा बस्नेहरुका लागी खुशीको खबर, अब घरबेटीले मनमरी ढंगले लिन पाउनेछैनन् भाडा

काठमाडौं ।तपाई कुनै घरको कोठा, फ्ल्याट या घर नै भाडा लिएर बसिरहनु भएको छ ? तपाईले तिरेको कुल घर भाडामध्ये स्थानीय तहद्वारा निर्धारण गरिएको घरबहाल कर तिरे नतिरेको थाहा छ तपाईँलाई ? या शंका लागेको छ ? यदि छ भने तपाईले आगामी भदौ १ गतेदेखि कुल भाडामध्ये निर्धारित घरबहाल कर स्थानीय तहको नाममा कटाएर बाँकी रकम घरबेटीलाई तिरे पनि केहि फरक नपर्ने कानुन आउँदैछ । यो खबर आजको नेपाल समाचारपत्रमा छापिएको छ । आगामी भदौ १ देखि लागु हुने मुलुकी देवानी ९संहिता० ऐन, २०७४ र मुलुकी देवानी कार्यविधी ९संहित० ऐन २०७४ अन्तर्गत परिच्छेद ९ मा घरबहाल सम्बन्धी प्रावधान राखिएको छ । उक्त ऐनको ३९२ धारामा भनिएको छ,–“घरधनिको कर वा दस्तुर बुझाउने दायित्व भएमा र निजले समयमा कर वा दस्तुर नबुझाएमा बहालमा लिने व्यक्तिले त्यस्तो कर वा दस्तुर आफंैले बुझाउन सक्नेछ ।”

No comments:

Post a Comment

watch first and then search