watch first and then search

watch first and then search

Wednesday, June 6, 2018

पिसाब रोगका लागि जिन्स र कटराइज पेन्ट लगाउनु भनेको एटम बम सरह हो (भिडियो)

भन्न त हामी जीवनमा सबैभन्दा ठूलो र महत्वपूर्ण भनेको पैसालाई नै मान्छौं । किनकि पैसाले नै घर, गाडी, भौतिक सुबिधा सबै किन्न सक्छौं । पैसा छ भने नैहामी हामीले चाहेको बिषय पढ्न सक्छौ। तर जीवनमा यी सबै थोक भएर पनि स्वास्थ्य भएन भने के हुन्छ त ? यो एउटा कहालीलाग्दो प्रश्न र जीवनको अप्ठ्यारो मोड हो । किनकि पैसा बिना बाँच्न सकिन्छ तर स्वास्थ्य बिना बाँच्न सकिन्न । जति जति नयाँ नयाँ औषधी र उपचारका नयाँ प्रबिधि र पद्धति भित्रिरहेका छन् रोगहरु पनि नयाँ नयाँ देखा परिरहेका छन् । सानो रोगले पनि मानिसको जीवनमा ठूलो समस्या पार्न सक्छ । यो अनुभव देशभित्र बसिरहेका वा बैदेशिक रोजगारीमा गएकाहरु सबैले अबुभव र अनुभूति गरेकै कुरा हो । त्यसैले सुन्दा सहज लाग्ने तर यो रोग लागेपछि दैनिकी नै असहज बन्ने रोग अर्थात् मूत्ररोगका बारेमा कन्सल्टेन्ट, युरोलोजिस्ट डा. दीपक रौनियारसंग कुरा गर्यौं । स्वदेश नेपालका इन्द्रकुमार श्रेष्ठ सरितले डा. रौनियारसंग गरेको कुराकानीमा उनी भन्छन- पिसाब लागेको एक दुई सेकेन्डभित्रै पिसाब फेरिहाल्नु पर्छ तर पिसाबलाई रोक्ने बानी गर्यौं, पिसाबलाई च्याप्ने बानी गर्यौ भने मात्र पनि पिसाबका हजारौं समस्या सुरु हुन्छन । तपाई हाम्रा बच्चाहरुलाई स्कुल, कलेजका बसहरुले बिहानै लिएर जान्छ, तर सहरमा ती स्कुल गाडीले एक घण्टा, डेड घण्टा, दुई घण्टा लगाएर बल्ल स्कुल पुर्याउछ । अब त्यो बच्चाहरुलाई बीच बाटोमा पिसाब आयोभाने कहाँ फेर्ने ? यसरी बच्चैदेखि हाम्रो बच्चाहरुको पिसाबको समस्या सुरु भैरहेको छ । भन्नलाई मानिसहरु भन्छन, एक छिन पिसाब रोक्यो त के भयो ? तर त्यस्तो हैन, पिसाबको संक्रमण भयो भने त्यसले किड्नीलाई असर गर्छ । किड्नीलाइ असर गर्यो भने किड्नीको पहिलो काम के हो भने शरीरमा भएको विषाक्त कुराहरुलाई किड्नीले बाहिर फाल्छ । तर त्यसका लागि किड्नी स्वस्थ रहनु पर्छ । अनि मात्र यसले काम नलाग्ने कुराहरु बाहिर फाल्न सक्छ। किड्नीले छान्ने काम गर्छ, जसरी चिया छान्नेले चिया छान्ने काम गर्छ त्यसरी नै किड्नीले पनि चाहिने तत्वहरुलाई शरीरलाई भित्र राख्ने र नचाहिने तत्वलाई बाहिर फाल्ने काम गर्छ । किड्नीले शरीरमा चाहिने हर्मनमा पनि भूमिका खेलेको हुन्छ । किड्नीले रगत बनाउने काममा पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । ”पिसाबको संक्रमण धेरै भयो भने त्यसले किड्नीलाई असर गर्छ” बच्चाहरुमा पिसाबको संक्रमण भयो भने बच्चाहरुलाई पटक पटक ज्वरो आउने, तौल नबढ्ने र एकै क्षण खेल्दा पनि बच्चाहरु थाक्ने हुन्छन । त्यसैले समयमै बच्चाको पनि पिसाबको जांच गराउनु उपयुक्त हुन्छ। परिवारमा श्रीमान वा श्रीमतीमध्ये एकजनालाई पिसाबको समस्या छभने अर्कोलाई पनि सर्न सक्छ तर हामीकहाँ एकजना पिसाब रोगबाट संक्रमित भएको छ भने अर्कोले जचाउने चलन छैन । तर मैले यो कुरामा जोड दिंदै आएको छु । किनकि एकजनालाई मात्रै उपचार गर्दा अर्को पनि संक्रमित भैसकेको हुन्छ । लाखौ नेपालीहरु यसबेला दुबई, कतार, ओमान, मलेसिया, इजरायल, कोरिया, जापान, अमेरिका, बेलायत आदि देशहरुमा छरिएर रहेका छन् । उहाँहरुको पहिलो समस्या भनेको आफ्नो स्वास्थ्य समस्या लोकल भाषाका डाक्टरहरुलाई बुझाउन नसक्ने, बिदेशमा बसेका दाजुभाईहरुलाई किन पिसाबको समस्या बढी हुन्छ भनेर आकलन गर्दा, एक त परिवारसंग लामो समय सम्पर्क नहुने र अर्को गर्मी ठाउँमा बस्नु पर्ने हुँदा उहाँहरुलाई प्रोस्टेट ग्ल्यान्डको समस्या बढी हुँदो रहेछ । यस्तै समस्या लिएर इजरायलबाट आउनु भएका एकजना बिरामीलाई मैले मेरो फेसबुक प्रोग्राममा पनि राखेर हेरें । उहाँको कुरा हजारौ हजार नेपाली दाजुभाईहरुले पनि सुनुन भनेर राखेका थियौं. उहाँको भनाइमा इजरायलमा उपचारका सम्पूर्ण आधुनिक सुविधाहरु उपलब्ध थिए । मैले त्यहाँ चार पांच जना युरोलोजिस्टहरुलाई भेटें तैपनि मलाई चित्त बुझेन, किनकि मेरो पिसाबको समस्या ज्युँका त्यूँ रहिरह्यो । त्यसैले नेपाल आउँदा तपाईलाई भेटें आएको हुँ । तपाईसंग भेटिसकेपछी मैले रोगभन्दा पनि रोगको प्रकृति, लक्षण आदि र यसको निदानको बारेमा धेरै जान्ने मौका पाएँ । सुन्दा सामान्य लागे पनि पिसाब सम्बन्धी रोग लाग्ने नदिन, प्रोस्टेट ग्ल्यांड जोगाउन के गर्नु पर्ला, रोग लागिसकेपछि कहाँ र कसरी उपचार गराउने भन्ने बारेमा मुत्ररोग विशेषज्ञ डा. दीपक रौनियारको अत्यन्त उपयोगी र महत्वापूर्ण भनाई सुन्न र जान्नका लागि भिडियोमा क्लिक गर्नुहोस ।

No comments:

Post a Comment

watch first and then search