watch first and then search

watch first and then search

Wednesday, June 6, 2018

सन्दीपले ४० हजार डलर लिएर खेल्ने क्यानाडा ग्लोबल टि २० कस्तो प्रतियोगिता हो ?

काठमाडौं, २३ जेठ । क्यानाडा क्रिकेटले यसै वर्षदेखि अन्तर्राष्ट्रिय खेलाडीलाई सम्मिलित गरेर फ्रान्चाइज पद्दतिमा ट्वान्टी २० क्रिकेट प्रतियोगिता आयोजना गर्ने भएको छ । आइतबार सम्पन्न ड्राफ्टका अनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीका स्पिनर सन्दीप लामिछानेले प्रतियोगितामा मोन्टरेल टाइगर्सबाट खेल्ने भएका छन् । आइतबार भएको ड्राफ्टमा सन्दीपलाई छैटौं चरणमा मोन्टरेलको टोलीले खरिद गरेको हो । ६ टोलीको सहभागिता रहने प्रतियोगिता जुनको अन्तिम साताबाट सुरु हुनेछ । सन्दीपको टोलीबाट श्रीलंकाका लासिथ मालिंगा, वेस्ट इन्डिजका सुनिल नारायण, श्रीलंकाकै थिसारा परेरा, पाकिस्तानका मोहमद हफिज, वेस्ट इन्डिजका दिनेश रामदिन, जिम्बावेका सिकन्दर राजा लगायतका खेलाडी छन् । यस प्रतियोगितामा ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् । वेस्ट इन्डिजको एक टोलीबाहेक टोरोन्टो नेसनल्स, भ्यानकुभर नाइट्स, एडमन्टन रोयल्स र विनिपेग हक्स रहेका छन् । प्रतियोगिता जुन २८ देखि जुलाई १५ सम्म मेपल लिफ क्रिकेट क्लबको मैदानमा हुनेछ । प्रत्यक टोलीमा १६ खेलाडी रहनेछन् । विश्व क्रिकेटका चर्चित खेलाडीहरुले पनि यस प्रतियोगितामा सहभागिता जनाउँदै छन् । पाकिस्तानका पूर्वकप्तान शहिद अफ्रिदी र अस्ट्रेलियन ओपनर क्रिस लिन रोयल्सबाट खेल्दैछन् भने वेस्ट इन्डिजका पूर्व कप्तान ड्यारेन स्यामी र अस्ट्रेलियन स्टिभ स्मिथ नेसनल्सको जर्सीमा हुनेछन् । वेस्ट इन्डिजका ड्वेन ब्राभो र लेन्डल सिमन्सले अस्ट्रेलियन ओपनर डेविडवार्नरसँग हक्सको ड्रेसिङ रुममा हुनेछन् । नाइट्सले वेस्ट इन्डिजका ओपनरद्वय क्रिस गेल र एभिन लेविससँगै आन्द्रे रसललाई समेटेको छ ।

No comments:

Post a Comment

watch first and then search