watch first and then search

watch first and then search

Wednesday, January 4, 2017

चलचित्रमा किन सुस्ताए आर्यन ?



काठमाडौँ । नेपाली चलचित्रमा अब्बल चकलेटी नायक आर्यन सिग्देल आउने बर्षमा कुनै पनि अवार्डबाट सम्मानित हुन नपाउने भएका छन् ।चलचित्र छक्का पञ्जामा उनको भुमिका रहेपनि उनलार्इृ चलचित्रको जस भने दिइएन ।

गत बर्ष उनले अभिनय गरेका चलचित्र ‘क्लासिक’मा उनले गरेको अभिनयका कारण थुप्रै अवार्ड हात पारेका थिए ।यस बर्ष उत्कृष्ट नायकको अवार्डमा दयाहाङ राई र आर्यन सिग्देलकै कब्जा रह्यो ।

तर, अब अर्कौ बर्ष आयोजना हुने अवार्डमा आर्यन सिग्देलको नाम नआउने पक्का जस्तै भएको छ । यो बर्ष आर्यनका कुनै पनि चलचित्र रिलिज नभएका कारण र आर्यनले यो बर्ष कुनै पनि चलचित्रमा अभिनय नगरेका कारण उनी यो अबसरबाट बन्चित हुनेछन् ।

आफ्नै ब्यानरका मात्र चलचित्रमा काम गर्ने बताएपछि आर्यन चलचित्र विहिन भएका हुन् । नेपाली चलचित्रमा उनको माग आज पनि उस्तै भएपनि आर्यन चलचित्रमा अभिनय भन्दा पनि विदेश यात्रामा नै व्यस्त छन् ।

अष्ट्रेलियापछि कतारमा रहेका आर्यन आफ्नै ब्यानरमा चलचित्र बनाउने तयारीमा थिए । तर, उनले तौल घटाउन नसकेपछि चलचित्रको छायांकन सुरु हुन सकेन । गत बर्षसम्म चलचित्र धेरै खेलेर आलोचित भएका आर्यन यो बर्ष रिजर्भ बसे । दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी, जीवन लुइटेल, सविन श्रेष्ठदेखि नयाँ नायकका समेत चलचित्र रिलिज हुँदा आर्यन यो बर्ष दर्शकमाझ आएनन्

No comments:

Post a Comment

watch first and then search