watch first and then search

watch first and then search

Tuesday, January 3, 2017

एउटै घरमा बस्छन् तर २० वर्षदेखि श्रीमतीसँग रिसाएर बोलेका छैनन् : अचम्म छ कारण पुरा पढ्नुहोस् र १ शेयर गरौ






उटै घरमा बस्छन् तर २० वर्षदेखि श्रीमतीसँग रिसाएर बोलेका छैनन्, अचम्म छ कारण हुन त झगडा नहुने श्रीमान् श्रीमती कसको होला र ? तर यहाँ जुन जोडीको कुरा गर्दै छौं त्यो सायद कसैको पनि छैन होला । यो जोडी एक अर्कासँगै एउटै घरमा बस्छन् तर विगत दुई दशकदेखि उनीहरुको दोहोरो कुराकानी भएको छैन ।

दक्षिणी जापानको नाराका ओतोयु कातायाम आफ्ना तीन सन्तान र श्रीमती युमीसँगै बस्छन् । विगत २० वर्षदेखि उनले श्रीमतीलाई ‘हँ, अँ’ र टाउको हल्लाएर जवाफ दिन्छन् ।यी जापानी जोडीको यो शुन्यताबारे उनका १८ वर्षे छोरा योसिकीले जानकारी दिएका हुन् । आफ्नो आमा–बुवाले कहिले पनि कुराकानी गरेको नदेखेको बताउँदै उनले एक टेलिभिजन कार्यक्रमलाई उनीहरुको समस्या सुल्झाइदिन आग्रह गरे ।

उक्त टेलिभिजनले उनीहरुको पहिलो भेट एउटा पार्कमा गराउने चाँजोपाँजो मिलाइदियो । उनीहरुको भेटलाई उनका तीन सन्तानले हेरिरहेका थिए । ‘तिमीले जहिले पनि सन्तानलाई ध्यान दियौ ।’ ‘युमी, तिमीले अहिलेसम्म अनेकौं दुःख झेल्यौ । यसका लागि म तिमिप्रति निकै आभारी छु भन्ने कुरा थाहा पाउ ।’

ओतोयुले श्रीमतीसँग नबोल्नुको कारण खोतल्दै भने, ‘मेरी श्रीमतीबाट मेरा सन्तानले पाइरहेको माया र समयका कारण उनीहरुप्रति मलाई डाहा लागेको थियो । जसले मलाई तनावमा पनि पारेको थियो ।’‘अब सायद म पछाडि फर्केर हेर्दिनँ, ’ उनले भने ।

No comments:

Post a Comment

watch first and then search