watch first and then search

watch first and then search

Wednesday, January 4, 2017

पुस महिनामा धान खेती हुँदैन भन्ने कुरा प्रधानमन्त्रीलाई थाहै भएन ?



झापाः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले झापाको बनियानीमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गतको (धान खेती) सुपर जोन कार्यक्रमको उद्घाटन गरेका छन् । पुसको जाडोमा धान खेती नहुने समयमा सुपर जोन कार्यक्रम उद्घाटन कार्यक्रम गर्नु हुँदैन भन्ने कुरा कसैले भनेनन् ? भन्दै आलोचना सुरु भएको छ ।

कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण गर्ने उद्देश्यअनुरुप सरकारले सातै प्रदेशमा सुपर जोन कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्रीले भने ‘केही वर्ष अघिसम्म हामी घन्नबालीमा आत्मनिर्भर थियौं। नेपाल कृषिप्रधान देश हो भनेर पढ्यौं, पढायौं । तर, अहिले कृषिको उत्पादकत्व उत्साहजनक छैन । यो सुपर जोन कार्यक्रमले यसलाई बदल्नुपर्छ, बदल्नेछ ।

जमिनको चक्लाबन्दी, कृषिको आधुनिकीकरण, विविधिकरण, आधुनिक प्रविधिको प्रयोग, बजारीकरण प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको लक्ष्य हो । फगत औपचारिकताका लागि होइन, कृषि क्षेत्रमा क्रान्ति ल्याउने गरी काम गर्न विशेष अपील गर्न चाहन्छु । यो कार्यक्रमले कृषि क्रान्तिमा महत्वपूर्ण योगदान दिन सक्नुपर्छ ।’

उनले थपे, ‘यस वर्ष धानीमा उत्पादन बढेको छ । तर, उत्पादकत्व बृद्धिमा हाम्रो योजनावद्ध प्रयास भन्दा पनि मौसमी अनुकूलता मूख्य रुपमा जिम्मेवार छ । यसरी सधै चल्दैन, हामीले योजनावद्ध रुपमा विकास गर्न सक्नुपर्छ । यसका लागि हाम्रो संकल्प जरुरी छ ।’

सामयिक राजनीतिबारे बोल्दै प्रधानमन्त्रीले भने ‘हामी सत्ता पक्ष र प्रतिपक्षी मिलेर यहाँ आएका छौं । राजनीतिक सहमतिको माध्यमबाट अघि बढ्न यसले प्रेरणा दिन्छ, दिनुपर्छ । सरकार संविधान संशोधनमार्फत् संविधान कार्यान्वयनको बाटो खोल्न चाहन्छ । अब संसद खोलेर निर्वाचनमा जानुपर्छ । राम्रोलाई राम्रो भन्ने संस्कारको विकास गर्न सक्यौं भने देशले राजनीतिक स्थिरता र आर्थिक समृद्धिको बाटो लिन्छ, हामी सबैले त्यसैका लागि साझा संकल्प गरौं ।’

प्रधानमन्त्री प्रचण्डले आधुनिक ट्याक्टरद्धारा धान रोपेर कार्यक्रमको उद्घाटन गरेका थिए ।

No comments:

Post a Comment

watch first and then search