watch first and then search

watch first and then search

Tuesday, January 3, 2017

पर्वत अस्पतालमा पहिलोपटक बिरामीमा रगत ट्रान्सफर



फलेवास (पर्वत), १९ पुस । पर्वत जिल्ला अस्पतालमा पहिलोपटक बिरामीलाई रगत दिन थालिएको छ ।

सोमबार पहिलोपटक बागलुङ जिल्ला पैयुँपाटा– ८ की मधु केसीलाई रगत चढाएर सफल परीक्षण गरिएको हो ।

जिल्ला अस्पतालमा सुत्केरी भएकी खत्रीलाई अत्यधिक रक्तस्राव भइ सात मिलिग्राम डेसिलिटर पुगेपछि चिकित्सक सरोजचन्द्र दहालले रगत चढाएर सफल परीक्षण गर्नुभएको हो ।

सामान्यतया महिलाको शरीरमा १२ देखि १६ मिलिग्राम डेसिलिटर रगत हुनुपर्छ । अहिले खत्रीलाई एक पिन्ट रगत चढाएपछि अवस्था सामान्य बन्दै गएको छ । ‘ए’ पोजिटिभ रक्त समूह भएकी सुत्केरी महिला मधु केसीलाई उहाँकै श्रीमान् रामलाल खत्रीको पनि सोही रक्त समूहको रगत भएकाले निकालेर प्रदान गरिएको चिकित्सक दहालले जानकारी दिनुभयो ।

उपकरणको अभावले शरीरमा रगत कम भएपछि आवश्यक रगत चढाउन नपाउँदा बिरामीलाई अन्यत्र पठाउनुपर्ने अवस्था रहेकामा यहाँ रक्तसञ्चार केन्द्र स्थापना गरिएपछि रगत लिन र दिन सहज भएको हो ।

जिल्ला अस्पतालले विगत केही महिनादेखि शल्यक्रिया सेवा सञ्चालन गरेसँंगै नेपाल रेडक्रस सोसाइटिको व्यवस्थापन र जिल्ला अस्पतालको सहयोगमा रक्तसञ्चार केन्द्र सञ्चालन गरिएको थियो ।

No comments:

Post a Comment

watch first and then search