watch first and then search

watch first and then search

Tuesday, December 13, 2016

इन्डोनेसियामा भूकम्पका कारण ८४ हजार विस्थापित



जाकार्ता । पश्चिमी इन्डोनेसियामा हालै गएको भूकम्पको कारण करिब ८४ हजार व्यक्ति विस्थापित भएका अधिकारीले मङ्गलबार जानकारी दिएका छन् । सन् २००४ मा आएको भूकम्पपछिको सुृनामीबाट पनि अत्यन्त प्रभावित इन्डोनेसियाको आचे प्रान्तमा नै आएको यस शक्तिशाली भूकम्पबाट एक सयभन्दा बढी व्यक्तिको मृत्यु हुनुको साथै अन्य सयौंको सङ्ख्यामा घाइते भएका थिए ।

मुस्लिम समूदायको बाहुल्यता रहेको यस इलाकामा भूकम्प आएको बेलामा प्रार्थना भईरहेको र यस ६.५ रिक्टर स्केलको भूकम्पबाट हजाराँै घर, व्यापारिक भवन र मस्जिदहरु ध्वस्त भएका बताइएको छ । भूकम्पका कारण अहिलेसम्म एक सय जनाभन्दा बढीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । यस भूकम्पको कारण ८३ हजार आठ सयभन्दा बढी व्यक्ति घारवारविहिन भएका राष्ट्रिय प्रकोप नियन्त्रण विभागमा प्रवक्ता सुतोपो पुर्वो नुग्रोहोले जानकारी दिनुभएको छ ।

कम मात्र गहिराइमा केन्द्रविन्दु भएर गएको यस ६.५ रिक्टर स्केल मापन गरिएको शक्तिशाली भूकम्पको कारण आचे प्रान्तको पिडाई जया जिल्ला अत्यन्त प्रभावित भएको थियो । इन्डोनेसियाको आचे प्रान्त सन् २००४ मा आएको शक्तिशाली भूकम्पछिको सुृनामीमा परी एक लाख ७० हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो । त्यसमा पनि आचे प्रान्तका व्यक्तिहरुको हताहती सङ्ख्या बढी रहेको थियो ।

No comments:

Post a Comment

watch first and then search