watch first and then search
watch first and then search
Friday, December 2, 2016
मटिहानीमा मटकोर विधि सम्पन्न
गौशाला । मिथिलाञ्चलको सप्ताहव्यापी विवाहपञ्चमी उत्सव अन्तर्गत बिहीबार राति महोत्तरीको मटिहानीमा भगवान रामचन्द्र र माता सीताको मटकोर विधि सम्पन्न भएको छ । राम जानकी विवाहमहोत्सवको अवसरमा महोत्तरीको मटिहानीमा रहेको प्रसिद्ध लक्ष्मीनारायण मठमा मटकोर विधि सम्पन्न भएको हो । मिथिलाको धार्मिक विधि अनुसार महिलाले विवाहको गीत गाउँदै लक्ष्मीनारायण मठका लक्ष्मी सागरमा पुगि भगवान सीताको प्रतिक रहेका मूर्तिलाई नुहाई माटो उत्खन्नन् गरेका थिए ।
मिथिलाको वैवाहिक पद्दतिमा तिलकोत्सव तथा मटकोर एउटा महत्वपूर्ण विधि हो । मटकोरको दिन लक्ष्मीसागरबाट खनेर लगेको माटोबाट विवाह पञ्चमीका दिन जनकपुरमा भगवान श्री राम र माता सीताको विवाहका लागि यज्ञबेदी निर्माण गरिने छ । जहाँ मङ्सिर १९ गतेका दिन राम सीताको शुभविवाह कार्यक्रम हुनेछ ।
साधु सेवा समिति जनकपुरको आयोजनामा मटकोरका लागि जनकपुरबाट ६ दिन अघि निस्केको रथ यात्राले भारतको कलानेश्वर, फूलहर हुँदै महोत्तरीको मटिहानी पुगेर गएराति मटकोर विधि सम्पन्न गरेको छ । गएराति मटिहानीमा यज्ञवेदीका लागि खनिएको माटो लिएर सो रथ यात्रा महोत्तरीको जलेश्वर, प्रकौली, पिपरा हुँदै विवाह पञ्चमीका लागि जनकपुर जानेछ ।
प्राचीन धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार त्रेता युगमा भगवान श्री राम र माता सीताको विवाह हुँदा यज्ञबेदी निर्माण गर्न महोतरीको मटिहानीस्थित लक्ष्मीसागरबाट पवित्र माटो लगेका थिए र त्यही बेलादेखि मटिहानीमा बर्सेनि रामजानकी विवाह महोत्सवमा मटकोर विधि गरिने प्रचलन छ ।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment