DAILY RASHIFAL
२६ मंसिर २०७३ आइतवार
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) साहसी काम गरेर अरूको मन जित्न सकिनेछ । लगनशीलताले नयाँ कामको अवसरसमेत दिलाउन सक्छ । काममा केही चुनौतीहरू देखा पर्नेछन ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) व्यावसायिक काममा प्रशस्त फाइदा हुनेछ भने श्रमको उचित मूल्य प्राप्त गर्न सकिनेछ । लगनशीलताले काममा उत्साह जगाउनेछ ।
सिंह
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) दिगो आम्दानी हुने काम सुरुवात हुनुका साथै नोकरी प्राप्त हुने सम्भावना छ । आम्दानीको स्रोत पनि सबल बन्नेछ । लगनशीलताले राम्रै प्रतिफल दिलाउनेछ ।
तुला
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) आफन्तहरुले साथ दिनेछन । सहि समयमा सहि निर्णय लिन सक्ने क्षमताले काममा सफलता मिल्नेछ । पढाई लेखाइमा प्रगति हुनेछ ।
धनु
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आफन्तहरू टाढिनेछन भने सहयोगीहरू समेत कमै भेटिनेछन । रोकिएका काम सम्पन्न हुनेछन । तार्किक क्षमता बढ्नेछ ।
कुम्भ
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । राजनीति र नोकरीमा पनि प्रसिद्धि बढ्नेछ । व्यवसायबाट सोचेको लाभ मिल्नेछ । दिगो आम्दानीको स्रोत फेला पार्न सकिनेछ ।
बृष
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रोकिएका काम बन्नुका साथै व्यवसायबाट राम्रो फाइदा उठाउन सकिनेछ । आँटेका काममा सहयोगीहरूले साथ दिनेछन र हौसला मिल्नेछ ।
कर्कट
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बुद्धिको उपयोगले काममा फाइदा उठाउन सकिनेछ । भौतिक साधनहरू पनि जुटाउन सकिनेछ । प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ ।
कन्या
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) मित्रहरूको सञ्जाल फराकिलो हुनुका साथै प्रेमको बन्धन समेत कसिने योग छ । सामाजिक प्रतिष्ठा मिल्नेछ । महत्वपूर्ण काम गर्ने अवसर जुट्नुका साथै आम्दानी समेत बढ्नेछ ।
बृश्चिक
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) प्रतिस्पर्धीहरूलाई उछिन्न सकिनेछ । विभिन्न अवसरले पछ्याउनेछन । रोकिएका अधुरा कामहरु पनि बन्नेछन । शुभचिन्तकहरूले समेत साथ दिनेछन ।
मकर
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) विशिष्ट व्यक्तित्वहरूसँग मित्रता पनि बढ्नेछ । विशेष दायित्व वहन गर्दै यात्रा गर्ने अवसर जुट्न सक्छ । मेहनतले नाम, दाम र इनाम दिलाउनेछ ।
मीन
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) प्रियजनसँगको भेटघाटले साताको सुरुवात रमाइलो रहनेछ । व्यावसायिक कामका लागि टाढाको यात्रा सम्भावना छ । मित्रता र प्रेमको बन्धन कसिनेछ ।
No comments:
Post a Comment