भारतीय टिभी सिरियल ‘उतरन’ मा इच्छाको भूमिका निभाउने नायिका टीना दत्ता फ्लाइटमा यौन दुर्व्यवहारको शिकार बनेकी छिन्। टिनाले आफुमाथी सेक्शुअल ह्यारशमेन्ट भएको आरोप लगाएकी हुन। उनको अनुसार, केही दिन पहिले मुम्बईको एक कार्यक्रममा सहभागी भएर राजकोट फर्किने क्रममा यो घटना घटेको थियो। उडानको क्रममा विमानको एक यात्रुको उनको साथ गलत व्यवहार गरेको उनले आरोप लगाएपनि यसउपर कुनै एक्शन भने लिएकी छैनन्।

एक भारतीय मिडियालाई दिएको अन्तर्वार्ताको क्रममा उनले भनिन, ‘मैले आधा दुनियाँ घुमिसकेँ। तर कहिल्यै मेरो साथ यस्तो भएको थिएन। म राजकोट जाँदै थिएँ। मेरो सिट 30A थियो। मेरो म्यानेजरलाई 30C मा बसाइयो। हामी कुरा गर्दै थियौं। तब मैले महसुस गरेकी कसैले साइडबाट आफ्नो हात घुसार्दै थियो।’

‘सिट नम्बर 31A मा बसेको यात्रुले मलाई छेडछाड गर्ने कोशिस गरे। उनले मलाई गलत तरिकाले छुन सुरु गरे। पहिला त लाग्यो कोही बच्चा होला, तर पछाडी फर्केर हेरे त सक्ड भए। उनी लक्का जवान पुरुष थिए। म चिच्याए अनि उनी आत्तिए। अनि माफि मागे।’ टिनाले यो घटना बारे एयरहोस्टेसलाई जानकारी दिदाँ पनि सहयोग गरेको गुनासो पोखिन।
टिना टिभीकी चर्चित नायिका मध्येकी एक हुन। जब उनी ५ वर्षकी थिइन तब उनले सिरियल ‘सिस्टर निवेदिता’ मा काम गरेकी थिइन। कयौं फिल्ममा बालकलाकारको काम गरिन। टिना जब १६ वर्षकी थिइन तब ऐश्वर्या रायसंग बंगाली फिल्म ‘चोखर बाली’ मा देखिएकी थिइन। सन् २००८ देखि २०१५ सम्म उनी लगातार भारतीय सिरियल ‘उतरन’ की प्रमुख नायिका थिइन।
No comments:
Post a Comment