watch first and then search

watch first and then search

Sunday, January 1, 2017

झारखण्डस्थित कोइलाखानीमा फसेका १६ जना मृत भेटिए



झारखण्ड, १७ पुस । पूर्वी भारतीय राज्य झारखण्डमा अवस्थित एक कोइलाखानी बिहीबार राती भत्किएपछि खानीभित्र फसेका कामदार मध्ये १६ जनालाई मृत अवस्थामा उद्धार गरिएको यहाँको प्रहरीले शनिबार जनाएको छ । घटनामा २३ जना खानीभित्र फसेका थिए ।

झारखण्ड राज्यको गोद्डा जिल्लामा भएको उक्त घटनाको उद्धार कार्य जारी रहेको बताइएको छ । घटनापछि केहीलाई घाइते अवस्थामा उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि पठाइएको थियो । खानीमा अझै सातजना फसेको र उनीहरुको अवस्थाबारे जानकारी लिन उद्धारकर्मी निरन्तर खटिरहेका बताइएको छ ।

No comments:

Post a Comment

watch first and then search