watch first and then search

watch first and then search

Tuesday, December 13, 2016

घाइतेहरुलाई नेपाली सेनाको विमानमार्फत काठमाडौं लगियो



मंसिर ८ । मोहम्मद डे मनाउने क्रममा भएको झडपमा परी घाइते भएका पाँच जनलाई नेपाली सेनाको विमानद्वारा काठमाडौं लगिएको छ ।

नेपालगन्ज स्थित मेडिकल कलेजमा उपचार गराइरहेका पाँच जना घाइतेहरुलाई प्रधानमन्त्री कार्यालयको निर्देशनछि नेपाली सेनाको स्काई ट्रक विमानमार्फत काठमाडौं लगिएको हो ।

सोमबार बाँकेको मटेहियामा मोहम्मद डे मनाउने क्रममा बिबाद हुँदा झडपमा परिणत भएको थियो । दुईवटा पक्षबीच भएको झडपमा एक जनाको ज्यान जानुका साथै एक दर्जन घाइते भएका थिए ।

यसबैची आज विभिन्न धर्मगुरु र मुस्लिम अगुवाहरुले बाँकेमा सामाजिक सदभाव कायम गर्नका लागि सबैलाई सहयोग गर्न आग्रह गरेका छन् ।

इस्लाम धर्म गुरु मौलाना अब्दुल जब्बार मन्जरी, हिन्दुधर्म गुरु महन्थ चन्दननाथ योगीलगायतले आज एक संयुक्त प्रेस विज्ञप्ती जारी गरी दोषीहरुको पहिचान गरी कारवाहीको माग गरेका छन् ।

उनीहरुले हिन्दु तथा मुस्लिम लगायत सबै समुदायमा संयमयता अपनाउन आग्रह गर्दै मेलमिलाप कायम गरेर अगाडि बढ्नसमेत अनुरोध गरेका छन् ।

No comments:

Post a Comment

watch first and then search