काठमाडौं । क्यान्सर भएपछि उपचारका लागि सिंगापुर गएकी कांग्रेस नेतृ सुजाता कोइरालाले आफू क्यान्सर मुक्त भएको घोषणा गरेकी छिन् । हाल नेपालमै रहेकी कोइरालाले सामाजिक सञ्जाल फेसबुकबाट आफू क्यान्सर मुक्त भएको घोषणा गरेकी हुन् ।


आफूलाई पहिलो स्टेजको ब्रेस्ट क्यान्सरको उपचार क्रममा म्यासेक्टोमी पश्चात विभिन्न टेस्टहरुको क्रममा ओभरीमा पनि क्यान्सरस सिस्ट देखापरेको खुलासा गर्दै सुजाताले भर्खरै मात्र दोस्रो अपरेशनमार्फत यसको पनि सफल उपचार भएको जानकारी दिएकी छिन् । पाँचपटकसम्म प्रधानमन्त्री भएका गिरिजा प्रसाद कोइरालाकी छोरी कांग्रेस नेतृ सुजाता कोइरालालाई क्यान्सर भएपछि उनले सरकारसँग आर्थिक सहयोग मागेको र सरकारले ५० लाख दिने घोषणा गरेको घटनाक्रमले नेपाली राजनीति ब्यापक तरंगित भएको थियो । धनी भएर पनि राज्यकोषबाट पैसा लिएको भन्दै सुजाताको उछितो काडिएको थियो । सुजाताले भने आफूलाई शुभेच्छा ब्यक्त गर्ने सबैलाई धन्यवाद दिएकी थिइन् ।
No comments:
Post a Comment